Sidha Patra बुधबार, आश्विन ०५, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसि मंगलबार विभिन्न ४ वटा प्रस्तावहरुमा छलफल गरि निर्णहरु पारित गरेको छ ।

राजपुर गाउँपलिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले निम्न प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको हो ।

जस अन्तरगत प्रस्तावहरु १- वर्षादको कारण अबरुद्ध बाटोहरु सरसफाइ तथा मर्मत २- खोला, कुलो,नाली,व्यवस्थापन ३-विपदसंग सम्बन्धित सामग्रीहरु व्यवस्थापन ४- जोखिम निम्त्याउने सुकेका ढलेका रुख कटान व्यवस्थापन लगायतको प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको राजपुर गाउँपालिकाका सूचना अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।

त्यस्तै वर्षताका कारण अबरुद्ध भै आवागमनमा भएको समस्यलाई तत्काल समाधान गर्नको लागि वर्षात रोकिदा साथ सम्बन्धित सरोकारवाला निकाय सव डिभिजन तथा डिभिजन वन कार्यालयसंग समन्वय गरि ढलेका रुखहरु व्यवस्थापन गर्ने र अबरुद्ध भएका बाटोहरु सफाइ र मर्मत कार्य सुरु गरि दशै अघि नै सुचारु गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।बैठकमा गाउँपालिकाक उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वाडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट लगायत अन्य विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]