
Gisld
Mbdvs
Sds
Pbu
mbd
Rbs
gst
Gmk
Ksm
Anm

Bbbpu
Ksm
Rsb
Sls
Pvg
nsb
Rgu
Ggd
Tsm
Asm
Wsp
Rgs
Vor
Gst
Ssm
Bbu
Rgu
Sbs
Hal

Mks
Gsb
Jmb
Syp
Ptm
sab
Pls
Rmb
bbt
Rpp
Abd
Jmb
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसि मंगलबार विभिन्न ४ वटा प्रस्तावहरुमा छलफल गरि निर्णहरु पारित गरेको छ ।
राजपुर गाउँपलिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले निम्न प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको हो ।
जस अन्तरगत प्रस्तावहरु १- वर्षादको कारण अबरुद्ध बाटोहरु सरसफाइ तथा मर्मत २- खोला, कुलो,नाली,व्यवस्थापन ३-विपदसंग सम्बन्धित सामग्रीहरु व्यवस्थापन ४- जोखिम निम्त्याउने सुकेका ढलेका रुख कटान व्यवस्थापन लगायतको प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको राजपुर गाउँपालिकाका सूचना अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै वर्षताका कारण अबरुद्ध भै आवागमनमा भएको समस्यलाई तत्काल समाधान गर्नको लागि वर्षात रोकिदा साथ सम्बन्धित सरोकारवाला निकाय सव डिभिजन तथा डिभिजन वन कार्यालयसंग समन्वय गरि ढलेका रुखहरु व्यवस्थापन गर्ने र अबरुद्ध भएका बाटोहरु सफाइ र मर्मत कार्य सुरु गरि दशै अघि नै सुचारु गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
बैठकमा गाउँपालिकाक उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वाडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट लगायत अन्य विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो ।
