
Rbs
Pbu
Gmk
Sds
Anm
gst
Ksm
mbd
Gisld
Mbdvs

Rgs
Asm
Gst
Rsb
Ksm
Ssm
Sls
Tsm
Ggd
Sbs
Bbu
nsb
Rgu
Bbbpu
Pvg
Wsp
Vor
Rgu
Hal

Jmb
Jmb
Syp
bbt
Ptm
Mks
Rmb
sab
Abd
Pls
Bml
Rpp
Gsb
दाङ । दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार नाटक प्रदर्शन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ जंगफूडले स्वास्थ्यमा पुर्याउने असर विषयक नाटक प्रदर्शन गरेको छ ।
राप्ती गाउँपालिका भित्रका १० वटा स्कुलले भाग लिएको प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुल माैरीघाट प्रथम,शंकर मावि पिपरी द्वितीय,गोल्डेन प्युचर बोर्डिङ स्कुल बिजाैरी तृतीय र मावि माैरीघाटले सान्त्वना स्थान प्राप्त गरेका छन् । नाटकको मुल्यांकनमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी र शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बासुदेव खनाल रहेका थिए ।
जंगफुडले बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै राप्ती गाउँपालिकाले विद्यालय क्षेत्रमा जंगफूड बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । त्यही संदेश प्रवाह गर्न नाटक प्रदर्शन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कल्पना खनालले जानकारी दिएकी छिन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी (अनुप) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । दिवसका अवसरमा भोली भदाै २९ गते विशेष समारोहको आयोजना गरि दिवस मनाउन लागेको छ ।
