
gst
Ksm
Mbdvs
Anm
Rbs
Gmk
Sds
Pbu
Gisld
mbd

Bbu
Rgs
Ksm
Hal
Bbbpu
Rgu
Pvg
Ssm
Gst
Rsb
Rgu
Ggd
Wsp
Sbs
Sls
Vor
Asm
nsb
Tsm

Bml
Ptm
Rpp
Rmb
Gsb
Jmb
Pls
Syp
Abd
bbt
sab
Mks
Jmb
दाङ । दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका प्रहरीले जनाएको छ ।
च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।
