
gst
Mbdvs
Gisld
mbd
Rbs
Pbu
Anm
Ksm
Sds
Gmk

Ssm
Bbbpu
Sbs
Rgu
Tsm
Ksm
Hal
Rgs
Rgu
Ggd
Sls
Asm
Bbu
Pvg
nsb
Rsb
Gst
Vor
Wsp

Ptm
Jmb
bbt
Abd
sab
Mks
Bml
Pls
Jmb
Gsb
Rpp
Rmb
Syp
दाङ । तुलसीपुर बजार क्षेत्रको सरसफाई र बजार व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ । छलफलका क्रममा बजार क्षेत्रमा जथाभावीरुपमा ठेला व्यवसायसाय गर्दा दूर्घटना बढेकाले तत्काल यसको व्यवस्थापनका लागि ठाउँको सुनिश्चिता गरिने भएको छ ।
बजार क्षेत्रभित्र ठेला व्यवसाय गर्नका लागि निषेध गरिने भएको छ । ठेला व्यवसायीहरुलाई दर्ता प्रक्रियामा लगेर बजार क्षेत्रभित्र आउने चार वटै प्रवेशद्घार क्षेत्र वरपर ठेला व्यवसायीहरुका लागि ठाउँको पहिचान गरेर व्यवस्थित गरिने नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।
त्यस्तै बजार क्षेत्रमा जथाभावीरुपमा अटो रिक्सा पार्किङका कारण दुर्घटना निम्तिएकाले अटो रिक्साको पार्किङको समेत व्यवस्थापन गरिने भएको छ । छलफल कार्यक्रममा ठेला व्यवसायीहरुले उचित प्रबन्धको व्यवस्थापनका लागि अनुरोध गरेका थिए । त्यस्तै नयाँ बसपार्क क्षेत्रमा समेत व्यवस्थित तरिकाले ठेला व्यवसाय सञ्चालन गर्नुपाउनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा आर्थिक व्यवस्थापन समितिका संयोजक माधव वलीले पालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने ठेला व्यवसायीहरुको तथ्यांक लिएर त्यस्ता व्यवसायीहरुका लागि वैकल्पिक पेसाको प्रबन्ध पालिकाले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो सडक दूर्घटना हुने गरेरै व्यवसाय सञ्चालन गर्न दिइदैन पालिकाभित्रका स्थायी बासिन्दाहरुका लागि वैकल्पिक पेसाको व्यवस्थापन गर्छौ । उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विपद् व्यवस्थापन,वनवातावरण तथा सरसफाई समितिका संयोजक दुजमान भण्डारीले ठेलामा खाद्य सामग्री बिक्री गर्दा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढका,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,च्याम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती,तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल,सरसफाई शाखाका खेमकान्त पाण्डे,स्वास्थ्य जनप्रवर्धन शाखाका विमल केसी,तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य दिपेश भण्डारी,व्यवसासी माधव घिमिरे लगाएकाले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले गर्नुभएको थियो ।
