
mbd
Ksm
gst
Anm
Gisld
Pbu
Gmk
Mbdvs
Rbs
Sds

Wsp
Tsm
Bbbpu
Vor
Ssm
Ggd
Sbs
Pvg
Rsb
Rgu
Hal
Rgs
Rgu
Gst
Ksm
Asm
Sls
nsb
Bbu

Syp
Mks
Rpp
Abd
bbt
Gsb
Jmb
Jmb
Bml
Pls
sab
Ptm
Rmb
दाङ । सर्पले डसेर राजपुरमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ महतिनिया खोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिनु भयो ।
बिहीवार राति १० बजे घरमै सुतेको बेला एक्कासी बायाँ हातको औलामा सर्पले डसेको थियो। कुन सर्पले डस्यो भन्ने पहिचान नभएको मृतकका बुवा गंगाराम विकले बतानु भएको छ ।
सानुमायाकी आमा सविना विक राजपुर गाउँपालिका वडा नम्बर ५ को वडासदस्य हुनुहुन्छ । सर्पले डसेर गम्भीर अवस्थाकी सानुमायालाई उपचारको लागि लमही अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिनु भयो ।
