
Rbs
Mbdvs
mbd
Ksm
Pbu
Sds
Anm
gst
Gmk
Gisld

Bbu
Vor
Gst
Asm
Ggd
Ssm
Pvg
Rgu
nsb
Wsp
Ksm
Tsm
Sbs
Rsb
Bbbpu
Rgu
Sls
Hal
Rgs

Rpp
Rmb
Pls
sab
Gsb
Jmb
Ptm
bbt
Jmb
Bml
Mks
Abd
Syp
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी) को आर्थिक सहयोगमा साधारण नमूना माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ५ गंगदीमा निर्माण हुन लागेका बालमैत्री चारकोठे भवनको बुधवार शिलान्यास गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाको प्रमुख आतिथ्य एवं राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल र वडा नं. ५ का वडाध्यक्ष टंक बहादुर बिष्टको बिशिष्ट आतिथ्यमा उक्त भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले संस्थाले बिगत १२ वर्षदेखि देउखुरीको शैक्षिक क्षेत्रको विकासमा कार्य गर्दै आएको बताउदै यस सामुदायिक विद्यालय गाउँपालिकाको नमुना विद्यालय रहेको र विद्यार्थीको चाप अत्यधिक रहेकाले विद्यालयको भौतिक गुणस्तर सुधारमा यस कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख तथा बिशिष्ट अतिथि लम्सालले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता औल्याउदै संस्थाको लगानी राम्रो रहेकाले विद्यालयले यसलाई नतिजामुखी बनाउनु पर्ने बताउनुभयो । वडा नं. ५का वडाध्यक्ष तथा बिशिष्ट अतिथि बिष्टले समृद्ध समाज निमार्णका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै संस्थाले राजपुर गाउँपालिकाको शिक्षा क्षेत्रमा गरेको कार्य कोसेढुङ्गा साबित हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा प्रशासनिक खर्च सहित ६१ लाख ६० हजार ३ सय ८ रुपैया लागतमा उक्त दुई तल्ले चारकोठे भवन निमार्ण हुने सिपि नेपालका विद्यार्थी संयोजक श्याम चौधरीले जानकारी दिनुभयो । उक्त भवनको निमार्णकार्य छ महिना भित्र सम्पन्न हुने र करिब ३ सय विद्यार्थी लाभान्वित हुने विद्यालयले जनाएको छ । अहिले विद्यालयमा करिब १ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य,शिक्षक अभिभावक संघका सदस्य,शिक्षक लगायत विद्यार्थीहरुको उपस्थितिरहेको थियो ।
विद्यालयका सहायक प्रध्यानाध्पक गोकुल राज भट्टको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक गिरीराज भट्टले गर्नुभएको थियो । यस अघि संस्थाले सोही विद्यालयमा शुद्ध खानेपानी सहित बालविकास कक्षाको व्यवस्थापन पनि गरेको छ ।
