
Ksm
mbd
Rbs
Sds
Gisld
Pbu
Anm
gst
Gmk
Mbdvs

Vor
Pvg
Sls
Rsb
Sbs
Bbu
Rgu
Hal
Wsp
Ssm
Asm
Bbbpu
nsb
Ksm
Rgs
Gst
Tsm
Ggd
Rgu

Gsb
Rpp
Pls
sab
Rmb
Jmb
Abd
Ptm
Bml
Jmb
Syp
bbt
Mks
दाङ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गरेको रहस्य खुलासा भएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी कृष्णा कुमारी यादब र श्यामा कुमारी यादब नाताले सासू बुहारी पर्छन । श्यामा कुमारी कृष्णाको जेठाजुको छोरा बुहारी हुन । तिनै सासु पर्ने कृष्णाको नाममा रहेको जग्गा बुहारी पर्ने श्यामाले आफ्नो नाममा गराएपछि सासु र देवर सडकमा आएका छन् । न्यायको लागी उनिहरु प्रहरीसम्म पुगेपनि कुनै सुनुवाई भने भएको छैन ।
कृष्णाकुमारी आफैमा प्रेसरको बिरामी छिन । प्रेसरले हानेर पक्षघात समेत भएको छ । तर, उनै बिरामी कृष्णकुमारीको सोझो पनको फाईदा उठाउदै जेठाजुको बुहारी श्यामाकुमारी यादवले चार कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गराएकी छिन् । वडा कार्यालयबाट घर बाटो सिफारिस लिएर मालपोत कार्यालय लमहीबाट रजिष्ट्रेसन समेत पास भइसकेको छ । जग्गाको कर मालपोत बुझाउने क्रममा आफ्नो आमाको नाममा रहेको जग्गा भाउजुको नाममा गएको देवर शुरेस यादबले देखेपछी घटना बाहिर आएको हो । औषधी गराउन लईजान्छु भनेपछी आफुले ल्याप्चे लगाईदिएको कृष्णाकुमारी बताउछिन ।
त्यस्तै अहिले जग्गा पास लिने श्यामा कुमारी,सिफारिस दिने वडा अध्यक्ष रामेश्वर यादव,सचिव मिना चौधरी र श्यामाकुमारीका श्रीमान हिरालाल यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा ठगि मुद्धामा उजुरी दिइएको छ । कृष्णाकुमारीका छोरा शुरेस यादवले ठगि मुद्धामा किटानी जाहेरी दिएका हुन । पक्षघातको बिरामीलाई उपचार गराउने बहानामा जग्गा हडपेको आरोप जाहेरीमा उल्लेख छ । तर, प्रहरी सम्म उजुरी परेपनि यस घटनामा कुनै सुनुवाई भएको छैन् । जग्गा फिर्ता चाहिने माग शुरेसले गरेका छन ।
कृष्णाकुमारीका एक छोरा र दुई छोरी हुन । जसमध्य दुई छोरीको विवाह भइसकेको छ । कृष्णाका श्रिमानको मृत्यु भईसकेको छ । अहिले घरमा आमा र छोरा मात्रै छन । मालपोत कार्यालय लमहीमा रेकर्ड हेर्दा गएको जेठ १९ गते जग्गा पास भएको देखिन्छ । चलनचल्तीको मुल्य अनुसार अहिले त्यस वरपरको जग्गा चार लाख रुपैयाँ कट्ठामा किनबेच हुँदै आएको स्थानिय बताउछन ।
तर,मुख्य आरोपी श्यामाकुमारी यादवले आफुले सबै जग्गा चार लाख रुपैयाँमा किनेको दावी गरिन । उनले घरको जग्गा आफ्नै परिवार भित्र हुन्छ सबै जग्गा ४ लाखमा लैजाउ बुहारी भनेको हुनाले आफुले पैशा दिएर जग्गा लिएको बताईन । श्यामाका अनुसार सासू बुहारीको सहमतीमा सबै काम भएको र अहिले अरुको भनाईमा आएर आफुलाई आरोप लगाईरहेको गुणासो गरिन । आफ्नै घरभित्रको कुरामा त्यस्तो गलत क्रियाकलाप कदापी गर्न नसक्ने उनको भनाई छ । तर, श्यामाकुमारीले आफुलाई एक रुपैयाँ नदिएको सासु कृष्णाकुमारीले बताइन । दिएको भए त पैशा घरमै हुन्थ्यो, पैशा नै नभएर उपचारमा समस्या भएको छ कृष्णाले भनिन- झुक्काएर जग्गा पास गरेर अहिले अछुट बन्नलाई बुहारीको चलखेल हो ।
यता वडा कार्यालयबाट घर बाटो सम्वन्धि सिफारिस दिंदा लापरबाही गरेको आरोप समेत लागेको छ । तर, वडा सचिव मिना चौधरीले स्वयंम व्यक्ति वडा कार्यालयमा आएपछी आफुहरुले सिफारिस दिएको दावी गरिन । नियम सँगत आए सिफारिस रोक्न सकिँदैन मिनाले भनिन-कृष्णाले जग्गा बेच्नको लागि हो भन्दै सबै कागज लिएर आफै आउनु भएको थियो । वडा कार्यालयले नियम सँगत नै सिफारिस दिएको देखिन्छ ।
यता मालपोत कार्यालय लमहीले प्रक्रिया पुरा भएर जग्गा पास भएको बताएको छ । जग्गा किन्ने र विक्रि गर्ने पक्ष मिलेर मालपोत कार्यालयमा आएको र त्यहाँबाट पास भएको देखिन्छ । पिडित पक्षले स्थानीय तहको न्यायिक समिति र अदालत जान सक्ने बाटो भने रहेको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुंवरले बताए । वडा कार्यालयको सिफारिस र आबस्यक कागजात सहित आएपछि मालपोतले प्रक्रिया अघि बढाएको हो,कि पुर्ब जानकारी भए हामीले रोक्न सक्थ्यौ कंवरले भने । दुबै पक्ष सहमतीमै आएको हामिले महसुस गय्रौ, जग्गाधनी कृष्णालाई मैले पनि सोधे जग्गा बेच्ने नै हो? उहाँले हो भनेपछि प्रक्रिया अघि बढेको हो । जनताको काम गर्न बसेको कर्मचारीले आबस्यक कागजात सहित नियम सँगत भए काम रोक्न नमिल्ने प्रमुख कंवर बताउछन । औषधी गर्ने बाहनामा भएको ठगिको बिषयमा गम्भिर भएर अनुसन्धान हुन जरुरी छ । यसमा स्थानीय सरकार देखी प्रहरी प्रशासनले ध्यान दिनुपर्ने आबस्यक देखिन्छ ।

