
Srbpu
Lnp
Unsku
Pbu
Ggp
Rgp
Rgp1
pku
Sgr

Sbs
Rgs
Rgu
Pvg
Bbu
Wsp
Ssm
nsb
Rsb
Sls
Hal
Ksm
Tsm
Rgu
Vor
Bbbpu
Ggd
Gst
Asm

Ptm
Gsb
sab
Rmb
Abd
Jmb
Rpp
Syp
Pls
Jmb
Bml
bbt
Mks
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित योग अभ्यासका लागि स्थानीय सरकारले भवन निर्माण गर्न लागेको छ ।
दूर सञ्चार टोलमा निर्माण हुने योगाहलको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसीले शिलन्यास गर्नुभएको छ । चालु आर्थिक बर्षका लागि घोराही उमपहानगरपालिकाले योगाहल निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दूर सञ्चार टोल विकास समितिका अध्यक्ष मोहन आचार्यको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख डिसीको बिशिष्ट आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरि योगाहलको शिलन्यास गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब विस्तारै सबै नागरिकहरुले आ आफ्नो घरमा योगा अभ्यास गर्ने अबस्था आउने बताउनुभयो । शारिरीक स्वस्थताले मात्रै पारिवारी र सामाजिक विकास हुने धारणा राख्नुभयो । व्यक्ति स्वस्थ रहन योग अपरिहार्य भएको उहाँको भनाई छ । खानपान र शारिरीक अभ्यासले व्यक्ति स्वस्थ हुने भन्दै उहाँले सबैलाई आफ्नो स्वास्थ्यलाई सम्पत्तीकारुपमा बुझ्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख डिसीले योग अभ्यासले व्यक्तिको शारिरीक, मानसिक स्वस्थता कामय गर्दैै सामाजिक क्षेत्रमा समेत प्रभाव पार्ने बताउनुभयो ।
यस्तै पतन्जली योग समितिका दाङ जिल्ला प्रभारी उदयबहादुर डाँगीले योग अभ्यासले नै व्यक्तिको जीवन सुखमय बन्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले घोराही १० का अध्यक्ष तिलक महरा, नेपाली कांग्रेसका वडा सभापती देवबहादुर वली, दूर सञ्चार टोलका सल्लाहकार ज्ञानबहादुर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, योग प्रशिक्षक दानबहादुर बुढाथोकी लगाएतकाले स्थानीय सरकारबाट योग अभ्यासका लागि भवन निर्माणमा गरेको लगानी खेर जान नदिने बताउनुभयो । कार्यक्रमको सहजिकरण सूर्यनारायण मन्दिरका सह सचिब अनिल बस्नेतले गर्नुभएको थियो ।
