
Srbpu
Unsku
Rgp1
Ggp
Lnp
Rgp
Sgr
Pbu
pku

Bbu
Rgu
Ssm
nsb
Ksm
Wsp
Rgs
Tsm
Rsb
Rgu
Bbbpu
Pvg
Hal
Vor
Asm
Sbs
Sls
Ggd
Gst

Mks
Rmb
Ptm
sab
Rpp
Gsb
Syp
Abd
Jmb
Jmb
Bml
Pls
bbt
दाङ । घोराही बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन भएको भन्दै खानी क्षेत्रबाट चुनढुंगा ढुवानी गर्न अनुमति दिएको जनाउनुभएको छ ।
तर, गाउँपालिकाले चुनढुंगा ढुवानी गर्दा टिप्परहरुको गति सिमित गर्ने, हर्न निषेध गर्ने, एकले अर्कोलाई उछिन्न नहुने, पैदल यात्री, मोटरसाईकल, कार, जीपलगायत सावर्जनिक सवारी साधनहरुलाई अवरोध नहुने गरी टिप्पर चलाउनु पर्ने जनाएको छ । उद्योगले टिप्पर संचालन हुने सडकको नियमितरुपमा मर्मत गर्नुपर्ने, विहान ९–११ र साँझ ३–५ बजेको समयमा खानिका टिप्परहरु नचलाउने, सवारी चालक अनुमति पत्र बिना सवारी साधन नचलाउन तथा सिमेन्ट उद्योगहरुले तापाचोक देखि खानी क्षेत्र सम्मको सड़क खण्डमा फुटपाथ निर्माण गर्न, धुलो उड्ने सडक खण्डहरुमा नियमितरुपमा उद्योग आफैले पानि चाहार्नु पर्ने, वैकल्पीक सडक निर्माण गर्न उद्योगले गाउँपालिका संग सहकार्य गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सो क्षेत्रबाट ठूलो संख्यामा रहेका टिपरले चुनढुंगा ढुवानी गर्दा करोडौँ खर्च गरेर निर्माण गरिएको कालोपत्रे सडक क्षतविक्षत हुनुका साथै वातावरण पनि प्रदुषित भएपछि स्थानीयबासी, गाउँपालिका लगायत सरोकारवालाले टिपर संचालनमा रोक लगाएका थिए ।
