सिधा-पत्र/क्राईमबिट बुधबार, साउन ११, २०७९

बाँके । कोहलपुर १४ पार्वतीपुरमा विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो ।

त्यस्तै हत्या भएको करिब ८ देखि १० घण्टाको समयमा हत्यामा संलग्न ब्यक्तिहरुको पहिचन गर्न सफ भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

कृष्ण र अञ्जलीको शब भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो । विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेका छन् ।

पत्रकार सम्मेलनमा बाँकेका डिएसपी मधुसूदन न्यौपाने लगायतको सहभागीता रहेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरको यो ठुलो सफलता हो । यो भन्दा पहिला पनि कुटपिट गरि सडकमा फालिएका युवाको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा संलग्न व्यक्तिहरुलाई डिएसपी मल्लको टोलीले केहि घण्टामा नै पक्राउ गर्न सफल भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]