
Ggp
Rgp
Unsku
Srbpu
Sgr
pku
Lnp
Rgp1
Pbu

Vor
Bbu
Rgu
Pvg
nsb
Rsb
Ssm
Rgs
Ggd
Asm
Hal
Sls
Gst
Bbbpu
Sbs
Ksm
Tsm
Wsp
Rgu

Gsb
Jmb
Ptm
Syp
Rmb
sab
Rpp
Pls
Abd
bbt
Mks
Jmb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका शिक्षक कर्मचारीहरुलाई लक्षित २० दिने कम्प्युटर अपरेटर तालिम कार्यक्रम बिहीबार सम्पन्न भएकाे छ ।
राप्ती गाउँपालिकाकाे आयाेजना तथा तेजश्री प्राविधिक शिक्षालय राप्ती -८ पिपरीकाे व्यवस्थापनमा तालिम संञ्चालन भएकाे थियो । तालिममा विद्यालयमा कम्प्युटर प्रयाेग गर्दा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्राेग्रामहरुकाे बारेमा सिकाईएकाे थियाे।
राप्ती गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ४४ जना शिक्षक कर्मचारीहरुकाे सहभागिता रहेकाे तालिमको प्रशिक्षकमा शिबराज कालाथाेकी र बसन्त चाैधरी रहनु भएको थियाे। यसैबीच तालिमको एक कर्यक्रम गरि आज पिपरीमा समापन गरिएको छ ।
शिक्षालयका प्रशासकीय हरिनारायण चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आथित्यता र प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालकाे विशिष्ट आथित्यतामा समापन गरिएकाे हाे ।
साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले तालिममा सिकेको कुराहरुलाई ब्यावहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नेु भएकाे थियो । साथै उहाँले गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई प्रविधियुक्त बनाउने उदेश्यका साथ आगामी दिनहरुमा यस खालका तालिमहरुकाे आयाेजना गर्ने समेत बताउनु भयाे ।
शिक्षालयका प्रमुख तारा भुषालले संञ्चालन गर्नु भएकाे कार्यक्रममा लेखा अधिकृत धन प्रसाद शर्मा,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास वि.क.,विपद व्यवस्थापन शाखाका शुवास भट्टराई ,वडा नं.२का पुर्व वडा अध्यक्ष जगत थापा लगायको सहभागीता रहेको थियाे भने तालिमका प्रशिक्षक शिबराज कालाथाेकी र तालिमका सहभागी सविता चाैधरीले आ-आफ्नाे भनाई राख्नु भएकाे थियाे।
