
Ggp
Lnp
Srbpu
Gfs
Unsku
Sgr
pku
Rgp1
cjs
Ses
Rgp
Djs
Pes
Pbu

Ssm
Ggd
Pvg
Rgu
Ksm
Gst
Hal
Rgu
Bbu
Asm
Sbs
Bbbpu
Vor
Wsp
Rsb
nsb
Rgs
Sls
Tsm

Ptm
Rmb
Mks
Jmb
Gsb
Bml
Pls
Abd
Jmb
Rpp
sab
Syp
bbt
काठमाडौं । नेपाल प्रहरी जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० वर्षअघि जनतालाई सुरक्षाको प्रत्याभूति दिने मुख्य उद्देश्यसहित गठन गरिएको संगठन जसले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ ।
वि.स २००७ सालमा प्रजातन्त्रको आगमनसँगै तोरण शमशेर जबराको नेतृत्वमा रहेको संगठनमा अहिलेसम्म २८ जनाले नेतृत्व गरिसकेका छन् भने २९ औं आईजीका रुपमा धिरजप्रताप सिंहले बैशाख १८ गते आइतबारदेखि नेतृत्व सम्हालेका थिए । जनतासँग प्रत्यक्ष रुपमा र कानुनको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको नेपाल प्रहरी पछिल्लो समय राजनीतिक दलको स्वार्थमा चल्न थालेको आभाष देखिन थालेको छ ।
२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपालमा आएको बहुदलीय व्यवस्थासँगै ‘प्रहरीमा राजनीति’ वा ‘राजनीतिमा प्रहरी’ घुसेको आभाष पाइन थालेको छ । पछिल्लो समय राजनीतिक दल र नेताले आफ्नो ईशारामा चलाउने प्रयास गरेको बखतमा विवाद देखिने गरेका छन् । र, कतिपय प्रहरी अधिकारीहरु भने राजनीतिक दल र नेताकै संरक्षणमा नेतृत्वका लागि अभिलाषासहित लिप्त देखिन्छन् ।
राजनीतिलाई आफूमा ढाल्न खप्पिस बिश्वराज पोखरेल कहिले कांग्रेसको पिठ्युँ चढे वा कहिले एमाले नेताको प्रयोग गरे । फरक फरक राजनीतिक दललाई पटक-पटक आफूतिर ढाल्न खप्पिस पोखरेल संगठनमा रहँदा आफू कति राजनीतिक दलप्रति ढले त्यो गर्भकै विषय छ ।राजनीतिक दलको हालीमुहाली भएको पछिल्लो समयमा हरेक राजनीतिक दलका नेतृत्वले आफू अनुकूल संगठन चलोस् भन्ने चाहना राख्नु अन्यथा होइन, तर व्यावसायिक एवं देशकै सबैभन्दा महत्वपूर्ण र संवेदनशील संगठन नेपाल प्रहरी राजनीतिक दलप्रति भन्दा पनि राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर, त्यस्तो देखिएको छैन ।
स्थानीय निर्वाचनको संघारमा रहेकोबेला संगठनको नेतृत्वकर्ता शैलेश थापा क्षेत्रीको अनिवार्य अवकाशसँगै नेतृत्वका लागि सरकारले नयाँ नेतृत्व चयन गरेका थिए । संगठनमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट एक जनालाई महानिरीक्षकमा नियुक्त गर्नुपर्ने प्रावधानअनुसार सरकारले धिरजप्रताप सिंहलाई आईजीमा नियुक्त गर्यो । तर सिंहको नियुक्ति निर्विवाद भने बन्न सकेन ।
उहाँ आफैँले मानव श्रोत विकास विभागको प्रमुख भइकन कसैलाई पनि बिदा नलिनु भनेर देशभरि सर्कुलर गर्नु भएको थियो । अरुलाई बिदा लिनै मिल्दैन भनेर आफू एक महिना लामो घर बिदामा बस्न मिल्छ?’ स्थानीय तहको चुनावमा बिदामा बसेका थिए पोखरेल ।
सुरक्षाकर्मीले महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने निर्वाचनका समयमा बिदा बस्नु व्यंग्य रहेको छ । संवेदनशील समयमा निर्देशनविपरीत निर्वाचनकै समयमा बिदा स्वीकृत गराई घरबिदामा बस्ने बिश्वराज पोखरेललाई निर्वाचनको समयमा अदालतको आदेशबाट प्रहरी महानिरीक्षकको पदमा नियुक्त गराइदिनुपर्ने मागदाबी निजमाथिकै व्यंग्यजस्तो हुन पुगेको छ । आफूलाई मात्रै बरिष्ठ बताउँदै आएका एआइजी पोखरेलको बढुवा नै शंकाष्पद र विवादित छ । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए ।
त्यस्तै उनी १ नं मा भर्ना हुँदा पोखरेल ८ नं मा थिए। २०६२ साउन ११ मा प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा सिंह १ नं मा र पोखरेल २४ नं मा थिए। एसपीमा २०६९ माघ ११ मा सिंह १ नं मा र पोखरेल ७ नं मा बढुवा भएका थिए । १ नम्बरमा थिए हाल आइजीपी धिरज प्रताप सिंह । उनै सिंहभन्दा आफू सिनियर रहेको उनको सर्वोच्चमा दाबी छ । तर, उनको दाबी नै शंकाको घेरामा छ । कसरी पटक–पटक आफूभन्दा सिनियर ब्याचीहरुलाई समेत पाखा लगाउँदै रकेट सैलीमा बढुवा भएका थिए । के विश्वराज पोखरेलमाथी छानबिन होला त ?
उनलाई नजिकबाट बुझ्नेहरु पोखरेललाई केपी ओलीको सरकारले रकेट शैलीमा बढुवा गरेको बताउँछन् । एकै दिन प्रहरी प्रहरी सेवामा प्रवेश गरेका पोखरेल, थापा, सिंह र धानुक मध्ये पोखरेल कसरी बरिष्ठ भए ? प्रहरीका एक जना डिआइजीको दुखद निधनपछि पोखरेलको जीवनमा भने सुखद परिवर्तन आएको हो । २०७६ कार्तिक १० गते काभ्रेका् मण्डन देउपुरीमा सवारी दुर्घटनामा परि डिआइजी सुशील भण्डारीको दुखद निधन भयो ।
जतिबेला पोखरेल एसएसपी नै थिए । तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा उनै पोखरेललाई भण्डारीको निधनपछि खाली भएको स्थानमा डिआइजी नियुक्त गर्ने निर्णय गरेको थियो । जबकी कार्यसम्पादन मुल्यांकनमा उनीभन्दा सिनियर, सेवा प्रवेशमा पनि अगाडी रहेका थुप्रै एसएसपीहरु थिए । निवर्तमान प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०४९ मा भर्ना भएका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, विरेन्द्र बस्याल र सौरभ राणहरु एसएसपी नै थिए ।
यस्तै यी मध्ये कतिपय एसएसपी र डीआईजीबाटै अवकास पाए । तत्कालिन केपी ओली नेतृत्वको सरकारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको चाकडीकै आधारमा उनलाई अस्वभाविक बढुवा गरिएको थियो । त्यसलगत्तै पोखरेल विना विभागिय उपप्रधानमन्त्री भएकै बेला गृहमन्त्रीलाई समेत थाहा नदिई २०७७ मंसिरमा विश्वराजलाई एआइजीमा बढुवा गरिएको थियो । हजारौँ सई तथा असईहरुका लागि १७ वर्षसम्म बढुवा रोकेर अन्याय गर्ने सरकारले पोखरेलको हकमा भने एआइजीको दरबन्दी थप गरेरै बढुवा गरिएको थियो । त्यतिबेला महानगरिय प्रहरी कार्यालयमा रहेका पोखरेललाई विवादास्पद बढुवा गरिएको थियो ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एआइजीको बढुवा रोक्न निर्देशन दिएको थियो । तत्कालिन एमाले सरकारले आगामी निर्वाचनमा प्रहरी आफू अनुकुल दुरुपयोग गर्ने उद्देश्यले १७ महिना पहिले नै पोखरेललाई बढुवा गर्दै आएको थियो । ‘उहाँको बढुवा नै १० जना आफू भन्दा सिनियर प्रहरी अधिकृतहरुको छाती टेकेर बढुवा गरिएको छ । अवकास प्राप्त एक डिआइजी भन्छन्।सुरक्षा-खबरबाट
