
Pbu
Rgp
pku
Gfs
Rgp1
Pes
Unsku
Srbpu
Lnp
Djs
Ggp
Ses
Sgr
cjs

Rgu
Sbs
Wsp
Sls
Rsb
Rgs
Ggd
Gst
Asm
nsb
Ssm
Tsm
Ksm
Rgu
Vor
Bbbpu
Hal
Pvg
Bbu

Rpp
Gsb
Jmb
Pls
Bml
Abd
Syp
sab
Ptm
Jmb
Rmb
bbt
Mks
काठमाडौं । २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।
जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ । भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन्। भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अति विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको जानकारी दिए।
त्यस्तै उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ।
बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए।
