Sidha Patra शुक्रबार, बैशाख ०९, २०७९

दाङ । नागरिक समाज दाङले वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचन निर्भय, निष्पक्ष र सहज वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ ।

समाजका संयोजक केबी मसालको नेतृत्वमा जिल्ला निर्वाचन अधिकारीको कार्यालय पुगेको टोलीले स्थानीय तहको निर्वाचन स्वस्थ, स्वच्छ, भयरहित निष्पक्ष तरिकाले सम्पन्न गर्न निर्वाचन आयोगको नीति अनुसार अघि बढ्न गरेको आग्रहमा निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले हाल निर्वाचन लक्षित थुप्रै काम निर्वाध रुपमा स्वतन्त्र ढंगले अघि बढेको जानकारी गराउनुभएको छ ।

मतदान केन्द्र पायक पर्ने स्थानमा राख्न, तोकिएका मतदान केन्द्र मतदातामैत्री बनाउन, उनीहरुको सुरक्षाको बन्दोबस्त गर्न, भौगोलिक रुपमा विकट क्षेत्रमा रहेका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था कडाई गर्न नागरिक समाज दाङले ध्यानाकर्षण गराएको छ ।

यसैगरी, सुरक्षाका दृष्टिकोण अति संवेदनशील मतदान केन्द्रहरुमा आवश्यक थप सुरक्षाको व्यवस्था गर्न, मतदातालाई निर्भयका साथ मतदान गर्न पाउने अधिकारर सुरक्षित गर्न समाजले निर्वाचन अधिकारी भण्डारीसमक्ष ध्यानाकर्षण गराएको समाजका सचवि नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

ध्यानाकर्षण गराउन नागरिक समाजका सदस्य पद्मप्रसाद शर्मा, लक्ष्मी आचार्य, हरिलाल विश्वकर्मा, केशवकुमार शर्मा, शरद गौतम, बसन्तराज भट्ट, नवराज श्रेष्ठलगाएत पुग्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]