
lnp
Rgp
Lks
Ggp
Rgp
Asb
Pbu
Rgp
Ggp
Jns
Dus
Usb
Lnp
Sgp
ksb
Rgp
Dbs


दाङ । नागरिक समाज दाङले वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचन निर्भय, निष्पक्ष र सहज वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ ।
समाजका संयोजक केबी मसालको नेतृत्वमा जिल्ला निर्वाचन अधिकारीको कार्यालय पुगेको टोलीले स्थानीय तहको निर्वाचन स्वस्थ, स्वच्छ, भयरहित निष्पक्ष तरिकाले सम्पन्न गर्न निर्वाचन आयोगको नीति अनुसार अघि बढ्न गरेको आग्रहमा निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले हाल निर्वाचन लक्षित थुप्रै काम निर्वाध रुपमा स्वतन्त्र ढंगले अघि बढेको जानकारी गराउनुभएको छ ।
मतदान केन्द्र पायक पर्ने स्थानमा राख्न, तोकिएका मतदान केन्द्र मतदातामैत्री बनाउन, उनीहरुको सुरक्षाको बन्दोबस्त गर्न, भौगोलिक रुपमा विकट क्षेत्रमा रहेका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था कडाई गर्न नागरिक समाज दाङले ध्यानाकर्षण गराएको छ ।
यसैगरी, सुरक्षाका दृष्टिकोण अति संवेदनशील मतदान केन्द्रहरुमा आवश्यक थप सुरक्षाको व्यवस्था गर्न, मतदातालाई निर्भयका साथ मतदान गर्न पाउने अधिकारर सुरक्षित गर्न समाजले निर्वाचन अधिकारी भण्डारीसमक्ष ध्यानाकर्षण गराएको समाजका सचवि नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
ध्यानाकर्षण गराउन नागरिक समाजका सदस्य पद्मप्रसाद शर्मा, लक्ष्मी आचार्य, हरिलाल विश्वकर्मा, केशवकुमार शर्मा, शरद गौतम, बसन्तराज भट्ट, नवराज श्रेष्ठलगाएत पुग्नुभएको थियो ।
