
Asb
ksb
Rgp
lnp
Jns
Rgp
Lnp
Ggp
Ggp
Usb
Lks
Dus
Pbu
Rgp
Sgp
Dbs
Rgp


दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा १९ महिना कार्यकालमा दाङ जिल्लाभरमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण लगातको अभियानमा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय दाङ स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै ट्राफिक प्रमुख थमन जिसीको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नो ट्राफिक प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन,आन्तरिक संस्थागत सुधार,पेशाप्रती इमान्दारीता,लगनशिलता,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा,कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुन बमोजिम प्रभावकारी समन्यव,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन,प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान,प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन ।
त्यस्तै १९ महिना कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन आगामी जिल्ला प्रहरी कार्यालय रोल्पा लिबाङमा सरुवा हुनुभएकोमा सफलताको शुभकामना थमन सरलाई।

