महेन्द्र सिंह/बाँके शनिबार, बैशाख ०३, २०७९

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको छ । चैत २२ गते मंगलबारबाट लागू हुने गरी लागू गरिएको टाइम कार्डका लागि सडकखण्डअनुसार गतिको सीमा तोकिएको छ ।

उक्त गतिभन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । उनले टिप्पर तथा निर्माण व्यवसायीहरुसँग छलफल गरेर टाइमकार्ड लागू गराइएको बताए ।

बाँकेका राप्ती खोला,शम्शेरगन्ज,सम्झना,खजुरा र चिसापानीबाट टिप्परका चालकहरुले अनिवार्यरुपमा टाइम कार्ड लिनुपर्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि आवश्यक व्यवस्था गर्न प्रहरीलाई निर्देशन दिने बताएका थिए । यस सम्बन्धमा पनि व्यवसायीहरुसँगको छलफलमा कुरा उठेको र मौखिक सहमति भए पनि हाललाई टाइम कार्ड लागू गरेर परीक्षण गर्ने सहमति भएको ट्राफिक प्रमुख शाहले जानकारी दिए ।

‘टाइम कार्डले गति सीमित गरेपछि एक किसिमले उक्त मागको पनि सम्बोधन हुन्छ । यदि समस्या उस्तै रह्यो भने निश्चित समयमा रोक लगाउन सकिने गरी मौखिक सहमति भएको छ । शाहले भने । अब राजमार्ग तथा सहरभित्रका सडकमा निश्चित गतिभन्दा बढीमा टिप्पर गुडाएमा चोकहरुमा खटिएका प्रहरीले चेक गरेर हदैसम्मको जरिवाना कारबाही गर्न सक्ने उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]