
Pes
Gfs
Rgp1
Unsku
Ses
Lnp
cjs
Pbu
pku
Srbpu
Ggp
Djs
Sgr
Rgp

Ggd
Tsm
nsb
Wsp
Asm
Ssm
Rgs
Rgu
Pvg
Sls
Sbs
Bbbpu
Rsb
Bbu
Rgu
Gst
Vor
Ksm
Hal

Rmb
Mks
Bml
Gsb
sab
Ptm
Pls
Rpp
Jmb
Syp
Jmb
Abd
bbt
काठमाडौं । नेपाल मगर संघकोे अध्यक्षमा ज्ञानेन्द्र पुन मगर निर्वाचित भएका छन । दाङको घोराहीमा सम्पन्न नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनले पुनको अध्यक्षतामा १ सय १५ सदस्य नयाँ नेतृत्व चयन गरेका हो ।
संघको उपाध्यक्षमा दलबहादुर बिरकट्टा, गगबहादुर थापा, गंगा खासु मगर, वरिष्ठ उपाध्यक्षमा धनबहादुर पुन मगर, महिला उपाध्यक्षमा सीमा गर्वुजा, सीता राना, कमल पुन मगर खुला उपाध्यक्षमा गीता सारु, दलजीत रोका, रक्षबहादुर रैका, जगतबहादुर रेश्मी मगर चयन भएका छन ।
यसै गरि संघको कोषाध्यक्षमा हिरासिह सराङकोटी र सहकोषाध्यक्षमा पूर्णबहादुर राना निर्वाचित भएका छन् ।
बाह्र मगरात उपाध्यक्षमा लीला राना मगर, गणेश पिठाकोटे, अठार मगरात उपाध्यक्षमा जीवन प्रवेश रोका मगर सांस्कृतिक उपाध्यक्षमा कविराज मगर चयन भएका छन् । संघको महासचिवमा टेकबहादुर नाम्जाली,उपमहासचिव संगठनतर्फ खगेन्द्र पुन, महिलातर्फ यकु थापा मगर,सविना बुढा मगर, सञ्चारतर्फ होमराज खपांगी मगर, विदेशतर्फ कमला थापा,चन्द्रज्योती आले,शारदा मगर,विशेषतर्फ जयप्रकाश बुढालाई चयन भएका छन् ।
यसैगरी प्रशासन तर्फ मीनबहादुर दर्लामी,सावित्री थापा,मनबहादुर पुन मगर, छत्रबहादुर लुडेली,खेम पुन मगर र राजु राना चयन भएका छन् ।
प्रदेशतर्फ नौजना सचिव तोकिएको छ । जसमा बागमतीमा राजकुमार थापा,राजकुमार सारु,भातृ संगठनतर्फ विनिता आले,गण्डकीतर्फ लोकेन्द्र ताराङ,मधेश प्रदेशमा रामकुमार आले,लुम्बिनीमा जसबहादुर पुन,कर्णालीमा विमल सारु मगर र क्षेत्रबहादुर लुइगेली र सुदूरपश्चिममा बिन्दा थापा मगर,छत्रबहादुर घले चयन गरिएको छ ।
त्यसैगरी १२ औं महाधिवेशनले सरकारसँग समावेशी लोकतन्त्रको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने,एकिकृत मगरराज स्वायत प्रदेश स्थापना हुनुपर्ने,मगरात सभ्यतालाई मगरात दर्शन र विचारका रुपमा विकास गर्ने,शैक्षिक तथा आर्थिक समृद्धिसहितको समाज विकास गर्न माग गरेको छ । त्यस्तै गाजा खेतीलाई कृषिका रुपमा लिनुपर्ने,सिस्नो र ढिडालाई मगर समुदायको राष्ट्रिय खानाका रुपमा घोषणा लगायतका माग राखेको छ ।
यस्तै संघको महाधिवेशन यहि चैत २५ देखि २७ गतेसम्म भएको थियो । समाचारपानाबाट
