
Sgr
Rgp1
cjs
Pes
Unsku
pku
Gfs
Djs
Ggp
Srbpu
sbs
Lnp
Pbu
Rgp

Ggd
Hal
Vor
Ksm
Bbu
Rgu
Rgs
Bbbpu
Ssm
Gst
Pvg
Wsp
Sls
Rsb
Asm
Tsm
Sbs
nsb
Rgu

Rmb
Ptm
Abd
sab
Jmb
Gsb
Jmb
Mks
Bml
bbt
Syp
Pls
Rpp
दाङ । नागरिकहरुको स्वास्थ्य नै बिकास र समृद्धिको पहिलो आधार भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य,जनसंख्या तथा परिवारकल्याण मन्त्री इनद्रजित थारुले बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देउखुरीको गोबरडिहामा बुधवार आयोजना गरेको टाईफाइड बिरुद्धको खोप सुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैत्र २३ देखि ३० गते सम्म १५ महिना देखि १५ बर्ष सम्मका वालवालीकाहरुलाई टाइफाइड बिरुद्धको खोप संचालन गर्न थालिएको मन्त्री थारुले कार्यक्रममा बताउनु भएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र मन्त्री थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्य कर्मिहरुलाई स्वास्थ्य सामाग्री र खोप हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री थारुले १५ महिना देखि १५ बर्ष सम्मका वालवालीकाहरु धुलो मैलो र पानीमा खेल्ने भएकोले टाइफाइडको संक्रमण बढी हुने हुदा वालवालीकालाई मात्र यो खोप लगाउने अभियान सरकारले सुरु गरेको बताउनुभयो । मानीसको स्वास्थ्य खानपान र पानीका कारण प्रतिकुल हुनेहुँदा स्वस्थ्य नागरिक बन्न खानपान,सरसफाई र पिउने पानीमा ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । नागरिकहरुको स्वास्थ्य प्रति सरकारको दायित्व रहेको बताउँदै नागरिक स्वस्थ्य भएमात्र देशको बिकास र समृद्धि अगाडी बढ्ने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १३ लाख १३ हजार र दाङ जिल्लामा मात्रै १ लाख ५६ हजार वालवालीकालाई टाइफाइड बिरुद्धको खोप लगाउने अभियान सुरु गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख दिवाकर महर्जनले कार्यक्रममा बताउनु भयो । सरकारले यसअघि १३ किसीमका नियमित खोप संचालन गर्दै आएको र टाइफाईड बिरुद्धको खोप सुरुवात गरि १४ किसीमका नियमित खोप पुर्याएको उहाँले बताउनुभयो । यो अभियानले वाल मृत्युदर कम गर्ने सरकारको लक्ष्य रहेको र नेपाल सरकारले आगामी बर्षदेखि महिलाहरुको पाठेघर क्यान्सरको पनि नियमित खोप संचालन गर्ने तयारी गरेको स्वास्थ्य निर्देशक महर्जनले बताउनुभयो ।
गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले ८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि परिचालन गरि ४२ वटा बिद्यालयमा खोपकेन्द्र राखेर १२ हजार १ सय ७५ वालवालीकाहरुलाई यो खोप लगाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
जसकालागि ७० जना स्वास्थ्य कर्मि र स्वयंसेवक परिचालन गरिने भएको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो । चैत्र ३० गतेसम्म खोपकेन्द्रमा खोप लगाईने र त्यसपछि छुटपुट भएका वालवालीकाहरुका लागि सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुमा खोप दिइने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय प्रमुख दिवाकर महर्जन,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही,सरस्वती मावीका बिब्यस अध्यक्ष यमनारायण पोखे्रल राप्ती गाउापालिकाका स्वास्थ्य संयोजक नारायण रावत र गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरी लगायतले टाईफाईड बिरुद्धको खोपको महत्वका बारेमा बोल्नुभएको थियो ।

