
Rgp
Djs
pku
Pbu
Rgp1
Ses
Lnp
Pes
Srbpu
Unsku
Sgr
cjs
Gfs
Ggp

Wsp
Sbs
Bbu
Gst
Rgu
Tsm
Ssm
Asm
Ksm
Pvg
Bbbpu
Sls
nsb
Rgs
Hal
Rsb
Rgu
Vor
Ggd

sab
Ptm
Rmb
Pls
Jmb
Mks
Jmb
Rpp
Gsb
Syp
Abd
bbt
Bml
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाबाट खटिएका ५ जना सरसफाइ कर्मचारीमाथी कुटपिट गरेका छन् ।
यो घटना ७ गते आइतबारका दिन करिब ११ र १२ बजेको बीचमा भएको पीडितको भनाइ रहेको छ । वडा कार्यालयमा बिहान करिब ५ बजेदेखि १२ बजे सम्म सरसफाइ गर्दै गर्दा आफ्नो ड्युटीको समय पनि सक्कीसकेको र निकै नै कामबाट थकान अनि भोक लागेको महसुस हुँदा दिनेश कुमार बालमेकीले वडा अध्यक्ष दिपक बर्मालाई म खान खाना जान्छु भन्दै गर्दा त बडी बोलिस भन्दै भित्र कोठामा लगि कोठाको चुक्कुल लगाएर निर्घात कुटपिट गरेको कुरा पीडित दिनेश कुमारले बताएका छन् ।
आफु संग काम गर्ने अन्य ४ जना सफाइ कर्मचारीहरु पनि रहेको उनले बताएका छन् । सबैजनालाई एकएक गरि कुटपिट गरेपछि नगर भित्र रहेका २३ वटै वडाका सफाइ कर्मचारीहरुले सोमबार ८ गते नेपालगन्ज उ.प.म. नगरपालिका भित्र धर्ना समेत दिएका थिए ।
धर्नामा अध्यक्ष दिपक बर्मा मुर्दावाद समेतका नारा लगाएका हुन एउटा दलित समुदायका मजदुर माथीको अत्याचारले आफुहरु निकैनै दुखी भएको उनका आफन्तहरु समेतको गुनासो रहेको भिडियो हामीसंग सुरक्षित रहेको छ । भिडियोमा बोल्दै यो कुरा यदि कसैले पनि बाहिर आउटगरे अथवा मिडियामा बोल्ने प्रयासगरेमा जागीरसमेत खाइदिने अध्यक्ष बर्माले आफुहरुलाइ धम्की दिएको कुरा पीडितले हामीसंग बताएका छन् ।
पहिले देखीनै गुण्डा शसैलीका बर्माको जीवन उनका लागी यो कुनै नौलो घटना भने होइन यो भन्दा पहिले पनि अनेकौं घटना मध्य केहि स्थानीय जनतालाई कुटपिट गरेको भिडियो हाम्रो सञ्चार माध्यममा पनि रहेको छ । जनताको हकहितमा कामगर्ने प्रतिबद्ध भएका जनप्रतिनिधिको हातबाट आफनै कार्यालयका कर्मचारीहरुले कुटाइ खाए भने यस्ता खाले जनप्रतिनिधिबाट अरु आम-सर्वसाधारणले के आशा गर्ने आम नागरिकहरुले चिन्ता व्यक्त गरेकाछन ।
यश घटनालाई लिएर नेपालगन्ज उ.प.म नगरपालिका भित्र ठूलो छलफल चलेपछि अध्यक्ष बर्माले सामान्य माफी माग्दै छलफल टुंगिएको हो । सुरक्षामा खटिएका वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्कालाई सोही बिषयमा हामीले कुरा गर्दा आफुलाइ यो बिषयमा कुनै जानकारी नभएको बताएका छन् भने आफ्नो काम ड्युटी निभाउने हो ।हामी बाहिर सुरक्षा दिएहेका थियौ भित्र छलफलमा के भयो भन्ने बिषयमा कुनै जानकारी नभएको बताएका छन् ।
छलफल टुंगिए पछि अध्यक्ष बर्मासंग आएका गुण्डा टाएपका केहि ब्याक्तीहरुले दिपक बर्मा जिन्दावाद जस्ता नारा लगाउदै पीडितको मनोबल खस्कीने गरि उनीहरु त्यसै स्थानबाट आफ्नो गन्तव्य तिर लागेका थिए । जो गलत छ त्यसकै बढाइचढाइ गर्नले भोलिको दिनमा हाम्रो समाज कतापो जाने हो ? भन्ने कुराको समेत आम-नागरिकहरुका लागि चिन्ताको बिषय बनेको छ ।
