
Djs
Rgp
sbs
cjs
Srbpu
Ggp
Rgp1
Unsku
Lnp
Gfs
Pes
pku
Sgr
Pbu

Ksm
Rgs
Bbu
Pvg
Ggd
nsb
Rsb
Wsp
Vor
Rgu
Bbbpu
Ssm
Gst
Tsm
Sbs
Rgu
Hal
Sls
Asm

bbt
Abd
Rmb
Gsb
Pls
Bml
Mks
Jmb
Rpp
Jmb
Ptm
sab
Syp
दाङ । दाङको देउखुरी गढवा गाउँपालिका वडा नम्बर १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रटरी क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजना तथा कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमद्वारा ६ सय बढी सेवा ग्राहीले सेवा लिएका थिए ।
शिविरमा ६ सय बढीको स्वास्थ्य परिक्षण गरिनुका साथै करिव २ लाख मूल्य बराबरको औषधि नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ । उक्त शिविरमा गढवा गाउँपालिकाका वडा नं १ र २ का नागरिक र छिमेकी राप्ती गाउँपालिकाका बासिन्दाले समेत प्रत्यक्ष लाभ लिएका थिए ।
त्यस्तै सो शिविर कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या,वातावरण तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले ग्रामीण स्तरमा गरिएको नि:शुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन पाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
मन्त्री थारुले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकास र जनतासम्म त्यसको पहुँच पुर्याउने कुरालाई प्राथमिकताको सुचीमा राखेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्नका लागि सबैको सहयोग जरुरी रहेको बताउनु भयो ।
यस्तै उहाँले स्वास्थ्यलाई नगरिकको मौलिक हकको रुपमा संविधानमा समावेश भएपनि त्यसको पहुँचको हिसाबले अझ पूर्णता पाउन नसकेको बताउदै स्वास्थ्य क्षेत्रमा सुधार गर्नु पर्ने कुराहरु धेरै रहेको जिकिर गर्नु भयो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि संविधानसभा सदस्य रश्मिराज नेपालीले रोटरी क्लबले आफ्नो उद्देश्य अनुसार समाज सेवामा देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै नागरिकको स्वास्थ्य अधिकार स्थापित गर्न यस प्रकारका कार्यक्रमले थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । नेपालीले समाज र तल्लोवर्गको आवश्यक्ता र चाहानामा केन्द्रीत रहेर स्वास्थ्य शिक्षा र रोजगारको क्षेत्रमा राज्यले सामाजिक क्षेत्रका सघं संस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनु भयो ।
त्यसैगरी कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले समुदाय केन्द्रीत कार्यक्रमले समाजसंग क्लबलाई जोडेर काम गर्ने अवसरमा प्राप्त भएको उल्लेख गर्दै मानिसको जिवनसंग जोडिएको स्वास्थ्य क्षेत्रमा रोटरी र रोटरी क्लबले सधै काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सो अवसरमा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो। मुक्तिराम भण्डारीले रोटरीले बोकेको सेवा भावको पवित्र उद्देश्यलाई जनतासंग जोडेर अगाडी बढाउदै आएको उल्लेख गर्दै आगामी दिनमा सामुदायीक वनसंगको सहकार्यलाई निरन्तरता दिने जनाउनु भयो । उहाँले प्रदेश राजधानी क्लबले कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने स्थानीय सहयागीहरुप्रति आभार व्यक्त गर्नु भयो ।
रोटर्यक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सुमन वस्यालले रोटरी सेवा र अवसरबाट बञ्चित नागरिकहरुको सेवामा लाग्ने अन्तराष्ट्रिय संस्था भएको हुँदा सामाजिक काममा जनतासंग मिलेर आफ्नो गतिविधि गर्दै आएको जनाउदै स्थानीय सहयोगी हातहरु र सेवा लिन आएका सर्व साधरणहरुलाई धन्यवाद दिनु भयो । रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष मुक्तराम भण्डारी र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो। सुमन बस्यालको संयुक्त अध्यक्षता, मुक्ती पन्थीको सञ्चालनमा भएको कार्यक्रममा कुलपानी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्मा,फर्मास्युटिकल एसोशीएसनका उपाध्यक्ष किरण ढकाल, डा.विनोद पौडेल लगायत बोल्नु भएको थियो ।
स्थानीय जनशक्ति सामुदायीक वन उपभोक्ता समुह, लक्ष्मी सामुदायीक वन उपभोक्ता समुह, वनशक्ति सामुदायीक वन उपभोक्ता समुह र कुलपानी युवा क्लबको सहयोगमा भएको शिविर स्त्रीरोग, हाडजोर्नी, दात, मानसिक,जनरल फिजिसियन तथा फिजिवथेरापी चिकित्सकहरुले चेक जाँच गर्नु भएको थियो । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा अघिल्लो वर्ष पनि सोही स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

