
Gmk
Sds
Ksm
gst
Pbu
Anm
Mbdvs
Gisld
mbd
Rbs

Asm
Bbbpu
Rgu
Ggd
Gst
Rgu
Sbs
Sls
Vor
Wsp
Ssm
Bbu
Hal
Rgs
Pvg
nsb
Rsb
Ksm
Tsm

Bml
Abd
Rmb
sab
Gsb
bbt
Syp
Jmb
Pls
Ptm
Rpp
Jmb
Mks
दाङ । दाङ महिला जेसिजले आज घोराही १८ गिठेपानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । जसको प्रशिक्षकमा मितेरी हस्पिटल दाङका स्त्री रोग विशेषज्ञ डा.अनुपमा शर्मा रहनुभएको थियो ।
त्यसअबसरमा प्रमुख अतिथि विमला योगीले महिला दिदी वहिनीहरु आफनो स्वास्थ्य समस्या प्रति चनाखो हुनुपर्ने र आफनो प्रजनन् स्वास्थ्यको विशेष ख्याल गर्नुका साथै आफुमा भएको स्वास्थ्य समस्यालाई लुकाएर राख्न नहुने बताउनुभयो ।
कार्यक्रम संयोजक भिमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कार्यकारीणी उपाध्यक्ष सुनिता थापाले गर्नुभएको थियो । कार्यक्रममा आस्थापाठ शाखा सम्पादक जेसी अर्चना शमाले गराउनुभएको थियो ।
सचेतना कार्यक्रममा किशोरी अवस्थादेखी वुद्धासम्म देखीने प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या र तिनका समाधानका उपायका बारेमा जानकारी गराइएको थियो । सचेतना कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।
