
lnp
Sgp
Rgp
Lnp
Ggp
Pbu
Asb
Ggp
Dbs
Lks
Rgp
Dus
ksb
Usb
Jns
Rgp
Rgp


दाङ । सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर।के। शीतल निर्वाचित भएका छन् । केन्द्रको शनिवार घोराहीमा भएको १८ औं साधारणसभा तथा ९ औ अधिबेशनले शीतलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा कैलाश रोकामगर, सचिवमा के।वी।घर्ती, सहसचिवमा मनिराम आचार्य ‘मौषम’, कोषाध्यक्षमा जीवन वली रहेका छन । त्यसैगरी सदस्यहरुमा बसन्त पुन, बसन्ता भण्डारी, लक्ष्मी जोशी, मिना पौडेल, सरस्वती सुवेदी, अमर डाँगी, उमेश खड्का, दीपेन्द्र पुन र देवीराम न्यौपाने रहेका छन् । केन्द्रको प्रतिनिधि सदस्यमा जिल्ला प्रहरी कार्यालय दाङ रहने व्यवस्था रहेको छ ।
अधिवेशनले सल्लाहकारमा भुपेन्द्र सुवेदी, नरेशजंग राणा, बलदेव योगी, निशान्त आचार्य, माया पोख्रेल, खड्ग बुढाथोकी र दीपक शर्मा ‘समिर’लाई चयन गरेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष बिष्णु पुनको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा लागुऔसधदेखि आत्महत्याको डर लाग्दो अवस्था देखिएको भन्दै यस्ता घट्नाहरुलाई न्यूनीकरणदेखि रोकथामका लागि सामुदायीक प्रहरी सेवा केन्द्रले जिल्लामा अभियान चलाउनुपर्ने बताएका थिए ।
उनीहरुले सचेतनामुलक कार्यक्रमहरु विद्यालयदेखि गाउँ गाउँसम्म लग्नुपर्ने बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पुर्व अध्यक्ष एवं सल्लाहकार बलदेब योगी, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख हृदेश सापकोटा, सल्लाहकार माया पोख्रेल, दिपक शर्मा समिरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव आर।के। शीतलले प्रगति तथा कोषाध्यक्ष कैलाश रोकामगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सहसचिव केबी घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको उदघाटन कार्यक्रमको सहजीकरण सचिव आर।के। शीतलले गरेका थिए ।
