Sidha Patra शनिबार, फाल्गुण २८, २०७८

दाङ । सरकारले आजदेखि दाङ सहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधि खुवाउने अभियान संचालन गरेकाे छ ।

देशभरका १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उहाँले हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको बताउनुभयो ।

सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । दाङ सहित झापा,बारा,लमजुङ,पर्वत,बागलुङ, मोरङ,कपिलवस्तु,बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो ।

त्यस्तै झापा,बारा,लमजुङ,पर्वत,बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाइने छ भने मोरङ, कपिलवस्तु,दाङ,बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाइने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]