
Srbpu
pku
Gfs
Djs
Ggp
sbs
Lnp
Rgp
cjs
Pbu
Sgr
Rgp1
Pes
Unsku

Asm
Rgu
Sbs
Hal
Bbbpu
nsb
Sls
Rgs
Vor
Pvg
Ssm
Tsm
Gst
Rgu
Bbu
Rsb
Ksm
Ggd
Wsp

Rpp
Abd
bbt
Pls
Mks
Jmb
Syp
Jmb
sab
Bml
Ptm
Rmb
Gsb
दाङ । सरकारले आजदेखि दाङ सहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधि खुवाउने अभियान संचालन गरेकाे छ ।
देशभरका १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उहाँले हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको बताउनुभयो ।
सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । दाङ सहित झापा,बारा,लमजुङ,पर्वत,बागलुङ, मोरङ,कपिलवस्तु,बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो ।
त्यस्तै झापा,बारा,लमजुङ,पर्वत,बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाइने छ भने मोरङ, कपिलवस्तु,दाङ,बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाइने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।
