
cjs
Srbpu
Sgr
Pes
Gfs
pku
Rgp
Djs
Ggp
Unsku
Lnp
Rgp1
sbs
Pbu

nsb
Ksm
Rgs
Tsm
Bbbpu
Wsp
Pvg
Bbu
Rgu
Rgu
Ggd
Rsb
Gst
Asm
Ssm
Hal
Sls
Vor
Sbs

Syp
Gsb
Ptm
Abd
Bml
bbt
Pls
sab
Rpp
Jmb
Jmb
Mks
Rmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक परिचालक अनेक पाण्डेयले फलेरियाको परिचय, रोगको लक्षण, रोग बट हुने समस्या, कस्ले फलेरियाको औषधि न खाने, समाधानका उपाय लगायतको बारेमा प्रशिक्षण दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई बर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोग बाट बचाउने कार्य गर्नु पर्ने बताए । कार्यक्रममा सहभागी हरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने, यहि फागुन २८ गते बाट फलेरिया रोग बिरूद्धको अभियान सफल बनाउन सहभागी संग आग्रह गर्दै, आ आफ्नो स्तर बाट सबैले यस रोग बारे सचेतना जगाउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, जहिर अहमद बरेलवी लगायत मुस्लिम धर्मगुरु, पत्रकार हरूको सहभागिता रहेको थियो । कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
