
cjs
Pes
pku
Gfs
Rgp1
Djs
Sgr
Srbpu
Ggp
Lnp
Pbu
Unsku
sbs
Rgp

Bbu
nsb
Hal
Sbs
Rgu
Wsp
Ggd
Rgs
Bbbpu
Ksm
Rgu
Asm
Tsm
Rsb
Ssm
Sls
Vor
Pvg
Gst

Pls
Rmb
Bml
Mks
Gsb
Rpp
sab
Jmb
Syp
bbt
Ptm
Jmb
Abd
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष छेदि प्रसाद यादव, प्रमुख अतिथिमा प्रवेश श्रीवास्तव, अतिथिमा वडा सदस्य गिरिराज मिश्र, राजमति सोही विद्यालयका प्रधानाध्यापक घनश्याम प्रसाद चतुर्वेदी, जिल्लाका वरिष्ठ कविराज हरिलाल उपाध्याय, डा. लक्ष्मी भुषाल, वैद्य खुमा केसी, पैथालोजिष्ठ रिता श्रेष्ठ, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगर समिति सदस्य अरविंद कुमार सिंह, प्रतिमा विश्वकर्मा लगायत रहनुभयो ।
उद्घाटन कार्यक्रममा स्वागत मनत्वय अरविंद कुमार सिंह ले राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले कार्यक्रमको औचित्य एवं महत्व बारे बताउनुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले वडाका जेष्ठ नागरिकको समस्या लाई मध्यनजर गरि जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत वडा बाट सहयोग गरिएको बताए ।
उक्त कार्यक्रममा ७० बर्ष भन्दा माथिका १६५ जेष्ठ नागरिकको चेकजांच गरिएको र मधुमेह, रक्तचाप, वातव्याधि लगायत रोगको स्वास्थ्य परिक्षण प्रयोगशाला परीक्षण गरेर औषधि समेत वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका प्रमुख कविराज नागेश्वर मिश्रले जानकारी दिएका छन् ।
