
Pes
pku
cjs
Ggp
Pbu
Gfs
Lnp
sbs
Rgp1
Sgr
Djs
Rgp
Srbpu
Unsku

Asm
Hal
Sls
Pvg
Ssm
Ksm
Vor
nsb
Rgs
Wsp
Sbs
Rgu
Gst
Bbbpu
Bbu
Ggd
Tsm
Rgu
Rsb

Bml
Jmb
Mks
Ptm
Rpp
Syp
Rmb
Gsb
Jmb
Abd
Pls
sab
bbt
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा गढवा–६, गढवामा बालबालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
राप्ति–६, मझेरीया निवासी मिना कुमारी चौधरी आफ्नो ६ वर्षिया छोरी इसा चौधरीलाई लिएर सो बाल स्वास्थ्य शिबिरमा आएकी थिइन । “बाल स्वास्थ्य शिवीर संचालन हुँदै छ भन्ने आमा समूहको बैठकमा थाहा पाएको थिए । छोरीलाई केही दिन देखि पेट दुख्ने समस्या भैरहेको छ ।
राम्रा डाक्टरहरू आउनु भएको छ भन्ने सुनेर आएको हुँ । डाक्टरले औषधी लेखिदिनु भएको छ,अब निको हुन्छ कि ।” उनले भनिन् । मिना जस्तै गढवा–५, धर्मपुर निवासी सम्झना चौधरी आफ्नो २ महिनाको छोरो लिएर आएकी थिइन । “ २ महिनाको भयो । एकदमै रुन्छ र पखाला जस्तो पनि लागिरहेको छ । डाक्टरले निशुल्क औषधी दिनु भएको छ । निकै खुशी लागेको छ ।” सम्झनाले भनिन् । श्रीमान्ले मजदुरी गर्ने र आर्थिक समस्याले गर्दा उपचार गर्न जान नसकेकाका लागि यो शिवीर एकदमै फलदायि भएको उनले बताइन ।
यस्तै हातमा औषधी लिएकी राजपुर–२ गहिराकि १४ वर्षीय अञ्जु चौधरीले आफूलाई चक्कर लाग्ने गरेकाले आफू जाचँ गर्न आएकि बताइन् । “बेला बेलामा चक्कर लाग्छ । त्यही भएर जचाँउन आएको थिए । डाक्टरले ब्लड कम भएर यस्तो भएको भन्नुभयो र नि:शुल्क औषधीदिनु भएको छ ।” उनले भनिन् । बाल स्वाथ्य शिबिरमा सहभागि डा. भरत पोख्रेलले आफू पहिलो वर्ष देखि नै यस बाल स्वास्थ्य शिबिरमा आबद्ध भएको र यस वर्ष छालाका रोगहरू लुतो, शरीर चिलाउने र बालबालिकालाई पोषणको कमिले देखिने समस्याका बिरामीहरू धेरै आएको बताउदै व्यक्तिगत सरसफाई तथा पोषणयुक्त खानामा ध्यान नदिदा त्यस्ता खालका समस्याहरू देखिने गरेको बताए ।
त्यस्तै डा. रेगम सिं थापाका अनुसार जाचँका लागि आएका बालबालिकाका अभिभावकहरुलाई खानेकुरा र सरसफाईमा बढी ध्यान दिदा छाला तथा अन्य रोग कम हुने भन्दै सल्लाह दिएको बताए । गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाशचन्द्र चौधरीले विशेषज्ञ डाक्टरहरुको स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका अतिविपन्न परिवारका बालबालिकाहरुका लागि यो शिवीर निकै फल दायिरहेको बताउदै यस्ता खालका शिवीर प्रत्येक वर्ष आयोजना गर्न सकेमा सबै समुदायलाई स्वास्थ्य सेवामा समेट्न सकिने जानकारी दिए ।
यसैगरी सीपी नेपालले बिगत चार वर्ष देखि रिच आउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा निशुल्क बाल स्वास्थ्य शिवीर संचालन गर्दै आइरहेको छ । गरीब तथा आर्थिक संकटका कारण स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरुका लागि यो शिवीर संचालन गरिएको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताए । सो शिबिरबाट यस वर्ष गढवा, राप्ति र राजपुर गाउँपालिकाका ४ सय ३० जना बालबालिकाहरुले नि:शुल्क सेवा लिएको र सिकलसेल लगायत २५ वटा जटिल प्रकारका रोगहरू देखिएकाले उनीहरुलाई सरसल्लाह र उपचारमा सहयोग गरिने निर्देशक सापकोटाले जानकारी दिए ।
त्यस्तै सो बालस्वास्थ्य शिबिरमा ५ जना विशेषज्ञ डाक्टर सहित ११ जना स्वास्थ्य चौकिका स्वास्थ्य कर्मीहरुको सहभागिता रहेका थियो । साथै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब र स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीको उपस्थितिमा शिबिरको शुरुवात गरिएको थियो ।

