सरद सागर देबकोटा/लमही शनिबार, फाल्गुण २१, २०७८

दाङ । सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगजको आयोजनामा आजदेखि दाङको लमहीमा खानेपानीको गुणस्तर सुधार तथा सेवा प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने कार्याशाला गोष्ठि शुरु भएको छ ।

सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगजका प्रमुख मनिस राजको अध्यक्षता एबम खानेपानी तथा सरसफाई उपभोक्ता महासघ नेपालका राष्टिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्याशालाको शुभारम्भ गरिएको हो । सो अबसरमा बोल्दै राष्ट्रिय महासघका अध्यक्ष राजेन्द्र अर्यालले स्वच्छ सफा र सर्बसुलभ खानेपानी उपभोग गर्न पाउनु आम उपभोक्ताहरुको नैसर्गिक अधिकार भएको बताउनुभयो । त्यसका लागि सरकारले तिनै तहको सरकारमार्फत खानेपानी र सरसफाईको क्षेत्रमा कार्यक्रम गरिरहेको भएपनि उपभोक्ता समितिहरु संगको समन्वय नहुँदा उदेश्य प्राप्तिमा अपेक्षीत उपलब्धी हासिल हुन नसकेको बताउनु भयो ।

सफा र स्वच्छ खानेपानी खान पाउनु आम नागरिकको संविधान प्रद्धत्त मौलिक हक भएपनि कार्यान्यनमा भने अझै थुप्रै खाले समस्याहरु रहेको दाबि गर्नु भयो । साना शहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष खेमराज वलीले खानेपानी बिनाको जिबन कल्पना गर्न नसकिने भएतापनि त्यसको सही ब्यबस्थापन र दिगोपनाका लागि थप योजना बनाएर अघि बढ्न आबश्यक रहेको बिचार ब्यक्त गर्नुभयो ।

त्यसैगरि खानेपानी उपभोक्ता महासघका उपाध्यक्ष साबित्रा रेग्मीले हावा र खानेपानी स्वच्छ भएमात्र मानब जिबन स्वस्थय हुने भएकोले सफा र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनका लागी खानेपानीका पदाधिकारीहरु बिभिन्न कार्यक्रम का माध्यमले अघि बढ्न आबश्यक रहेको बताउनुभयो । खानेपानी उपभोक्ता महासंघका लुम्बीनी प्रदेश संयोजक थान प्रसाद गेैरेले खानेपानीको गुणस्तर सुधार र प्रणाली ब्यबस्थापनका लागि योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालपत्रकार महासंघ दाङका निर्बतमान उपाध्यक्ष लिला शाहले सफा सवच्छ खानेपानी नै स्वस्थ्य जीवनको आधार भएकोले पानीको मुहानदेखि मुखसम्म सरसफाईको आबश्यकतामा जोड दिनुभयो । दुई दिनसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल, साबित्रा रेग्मी,थम प्रसाद गैरे लगायतका रहनुभएको छ । तालिममा दाङ रुकुम पुर्बमा रहेका विभिन्न खानेपानी उपभोक्ता तथा सरसफाई समितिका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]