Sidha Patra शनिबार, फाल्गुण २१, २०७८

दाङ । घोराहीमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेवार सेवा समिती घोराही को आयोजना तथा घोराही उप महानगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

पछिल्लो समयमा नेवारी भाषा लोप थालेको भन्दै भाषाको संरक्षणको लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेवार सेवा समितीले जनाएको छ । प्रशिक्षण उद्घाटन कार्यक्रम कार्यक्रममा समितीका अध्यक्ष सुर्दशन श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस्तै समितिका सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शिव श्रेष्ठले गरका थिए । भाषा प्रशिक्षकहरुमा रेणु श्रेष्ठ, लक्ष्मी नर्कमी र सावित्री श्रेष्ठ रहेका छन् । प्रशिक्षण कार्यक्रममा आउदो चैत १५ गते सम्म सञ्चालन हुने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]