
Jsbg-7
jsbr-3
Csbg-7
Rksr-7
Msbg-2
Gsbg-3
ksbl-7
Pbu
Usbl-7
Gsbr-6


दाङ । लुम्बिनी प्रदेशकी कानुन,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले शिवसवरी धामलाई ऐतिहासिक धामको रूपमा विकास गर्न पहल गर्ने बताउनु भएको छ ।
शिवरात्री पर्वको अवसरमा मंगलबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रमा आयोजित धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी मन्त्री घर्तीले यस धामको विकासका लागि प्रदेस सरकारले १० लाख मात्र बजेट विनियोजन गरेकोमा आफुले थप १० देखि १५ लाख बजेट विनियोजन गर्ने प्रतिवद्वता समेत जनाउनु भएको छ । साथै मन्त्री घर्तीले हाम्रो देश बहुजाती, बहुभाषिक र बहुसाँस्कृतिक कला संस्कृतिले भरिएको देश भएको हुँदा यहाँका विभिन्न जातजातिको संस्कार संस्कृति,भेषभुसा तथा भाषा संरक्षणमा यस्ता किसिमका मेला महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
मेला व्यवस्थापन समितिका संयोजक मिश्रुलाल चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी,राप्ती सोनारी गाउँपालिका बाँकेका अध्यक्ष लाहुराम थारु,सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,वन महासंघ राप्तीका अध्यक्ष हरि भुसाल,नागरिक समाज राप्तीका प्रतिनिधि बासुदेव न्याैपाने, समाजसेवी तथा बुद्धिजीवीहरू तुलसी गाैतम, श्यामा रावत,माधव आचार्य,पत्रकार भानु जोशी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियोे भने अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जन प्रदान गरेका थिए ।
साँस्कृतिक संयोजक राजेन्द्र चाैधरीको स्वागत मन्तव्य तथा स्वागत भजनबाट सुरू भएको कार्यक्रममा धन्यवाद ज्ञापन धामका संरक्षक तथा गुरु शिवलक्ष्मी चाैधरीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो । बुधबार विहान ११ बजेसम्म सञ्चालन हुने छ ।
उक्त धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा,सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

