
sbs
Unsku
cjs
Gfs
Rgp1
Pes
Pbu
Djs
Ggp
pku
Lnp
Srbpu
Rgp
Sgr

Rgu
nsb
Bbu
Asm
Rgu
Sbs
Bbbpu
Rgs
Hal
Gst
Tsm
Sls
Rsb
Ksm
Ggd
Wsp
Pvg
Ssm
Vor

Abd
Gsb
Rpp
Pls
Ptm
Bml
Jmb
Syp
Mks
bbt
Rmb
Jmb
sab
दाङ । हात्तीपाईले रोग विरुद्ध आम औषधि वितरण अभियान २०७८ अन्तर्गत गाउँपालिका स्तरी योजना तथा वहु निकाय गोष्ठि दंगीशरण गाउँपालिकामा आईतवार सम्पन्न भएको छ ।
गोष्ठिमा सरोकारवालाहरुले हात्तीपाईले रोग निवारणका लागि जनचेतनामूलक कार्यक्रमको आवश्यक्ता रहेको बताएका थिए । गोष्ठिमा छलफलका क्रममा दाङ धेरै हात्तीपाईले औषधि खाने जिल्लाको रुपमा परेकाले यसलाई कम गर्न बर्षौ नछुटाई यस औषधिको सेवन गर्नुपर्ने उनीहरुको भनाई थियो । हात्तीपाईले निवारणका लागि स्वास्थ्यकर्मीहरु गाउँ तथा टोलहरुमा पुगेर हात्तीपाइृले औषधि खुवाउँने कार्यक्रम अगाडि बढाउँन आवश्यक रहेको उनीहरुको ठम्याई थियो ।
त्यस्तै २०७७÷७८ को तथ्यांक अनुशार दाङमा आम औषधि सेवनको अवस्था ६४ प्रतिशत थियो । दाङको दश वटै पालिकाको तथयांक हेर्दा दंगीशरणमा ७२ प्रतिशत, राप्तीमा ८१ प्रतिशत, शान्तीनगरमा ७४ प्रतिशत, बबईमा ६६ प्रतिशत, लमहि नगरपालिकामा ३७ प्रतिशत, गढवामा ६८ प्रतिशत, बंगलाचुलीमा ४३ प्रतिशत, तुलसीपुरमा ७२ प्रतिशत, राजपुरमा ५६ प्रतिशत र घोराहिमा ६० प्रतिशत रहेको छ । यस्तै २०७८ को तथ्यांक अनुशार सिसहनीयामा ३ सय १४ जनाको टेष्ट भएकोमा ४।५ प्रतिशतमा पोजेटिभ रेट देखिएको थियो भने रामपुर सुर्केडांगीमा ३ सय ३० जना जाँच गरेकोमा ३।३ प्रतिशतमा पोजेटिभ रेट भएको पाईएको थियो ।
गोष्ठिमा श्रीगाउँ स्वास्थ्य केन्द्रका डा।कृष्ण घर्तीले १० औँ पटक सम्म हात्तीपाईले औषधि खुवाएपनि दां अछुतो नरहनु कारणमा औषधि नै नखानु, खानेले खाइृरहने नखानेले कहिले नखाने भएकाले यस्तो अवस्था आएको बताउँनुभयो । अहिले उचाईका आधारमा खाने औषधि आएकाले एक औषधि थपिएको जानकारी दिनुभयो । दई थरीका औषधि डि ए वाला एम डि ए ले ५३ वटा जिल्लामा हात्तीपाईले संक्रमण रोक्न सक्यो तर विविध कारणले खाएर अथवा नखाएर १० वटा जिल्लामा रोक्न नसकेको बताउँनुभयो । डा। घर्तीले १० वटा जिल्लाहरु मध्ये अहिले फेल भएको दाङ लगाएत ५ जिल्लाहरुमा भारत सहित अन्य देशहरुमा प्रयोगमा आइृरहेको तीन थरीका सुरक्षीत औाषधि खुवाउँने नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसेको जानकारी गराउँनुभयो ।
यो औषधी दुई वर्ष मुनिका बच्चाहरु, गर्भवती महिलाहरु, सिकिस्त बिरामीहरु र अस्पतालमा भर्ना भएका बिरामीहरु बाहेक सवै व्यक्तिहरुले सेवन गर्न जरुरी रहेको छ । स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले संक्रमित लामखुट्टेको टोकाईबाट हुने हात्तीपाईले रोगका तत्काल देखिने लक्षणहरुमा जाडो लागि ज्वरो आउनु÷शरीरमा कम्पन छुट्नु, लिम्फ नलीहरु सुन्निनु÷रातो भई दुख्नु, हातगोडामा नीलाकाला धर्साहरु देखिनु, गिर्खाहरु बढ्नु÷दुख्नु, पुरुषको अण्डकोष वरपरका नसाहरु फुल्नु÷दुख्नु र दीर्घकालिन रुपमा देखिने लक्षणहरुमा पुरुषको अण्डकोष ठूलो हुनु÷दुख्नु, गिर्खाहरु भेटिनु, अण्डकोष वरिपरि पानी भरिएर हाइड्रोसिल हुनु, महिलामा स्तन वा यौनाङ्ग सुन्निनु÷दुख्नु, खुट्टा सुन्निएर हात्तीपाईले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु रहेको बताउँनुभयो । यदि औषधि सेवनबाट कुसैलाई कुनै प्रकारको अप्ठेरो महशुस भएमा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा नि।शुल्क सेवा लिन सक्ने बताउँनुभयो ।
गेष्ठिमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा हात्तीपाईले रोग लागेका विरामीहरु नदेखिएकाले दंगीशरण भित्र प्रवेश नगराउान स्वास्थ्यकर्मी स्वयमसेविका सबै आ आफनो तर्फबाट कार्यक्रम सफल बनाउँने अभियानमा लाग्नुपर्ने निर्देशन दिनुभयो । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्का वलीले सबै आ आपनो ठाउँबाट वृहत रुपमा हात्तीपाईले विरुद्धको अभियानमा लाग्नुपर्ने बताउँनुभयो । कार्यक्रमको शहजीकरण वालकृष्ण भण्डारीले गर्नुभएको थियो । गोष्ठि कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
