
Pbu
Ggp
sbs
Rgp
cjs
Djs
pku
Lnp
Rgp1
Pes
Gfs
Unsku
Srbpu
Sgr

Rsb
Wsp
Hal
Tsm
Sbs
Asm
Ksm
Rgs
Pvg
Rgu
Ssm
Rgu
Ggd
Sls
Bbu
Gst
Vor
Bbbpu
nsb

Rpp
Abd
Jmb
Ptm
Mks
Rmb
bbt
Gsb
sab
Bml
Pls
Jmb
Syp
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले शनिवार देउखुरीको गढवा–६ मनिकापुरमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरेको छ । रिड नेपालको नेपालमा अपांगता समावेशी बिपद जोखिम न्यूनीकरण प्रबर्धन परियोजना अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो ।
पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमलाई गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उद्घाटन गर्नुभएको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल,चेतनशिल महिला समाज केन्द्र र अपांग मानव अधिकार एवं सरोकार मञ्च दाङले उक्त कार्यक्रमलाई सहयोग,समन्वय र सहकार्य गरेका थिए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्वास्थ्यको क्षेत्रमा पहुँच नपुगेका बस्तिहरुमा राखिएको आँखा शिवीर बिपन्न सिमान्तकृत नागरिकहरुका लागि उपयोगी बन्ने बताउनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले दुर्गम भूगोलका बिपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यमा पहुँच बढाउन यो कार्यक्रम आयोजना गरिएको बताउँदै वडा कार्यालयको तर्फबाट रिड नेपाल र पुस्तकालय लाई धन्यवाद दिनुभयो ।
सो अवसरमा लगानी साझेदार संस्था चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसीले आँखा मानव स्वास्थ्यका लागि महत्वपुर्ण अंग भएको बताउदै बर्षमा पटक पटक आँखा चेक गराउनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा रिड नेपालका परियोजना प्रबन्धक कविराम बाँठा तथा लमही आँखा अस्पतालका नेत्र बिशेषज्ञ मदन चौधरी लगायतले शिविरको महत्व र औचित्यका बारेमा बोल्नु भएको थियो ।
त्यस्तै उक्त शिविरमा १ सय ८१ जनाको आँखा जाँच गरिएको थियो । शिविरबाट आयोजकको समन्वयमा ३३ जना जेष्ठ नागरिकको निःशुल्क मोतियाबिन्दुको अपरेसन गरिने भएको छ भने ३९ जना लाई चस्म प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । पुस्तकालयका उपाध्यक्ष पुरन प्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।
