Sidha Patra शनिबार, फाल्गुण १४, २०७८

दाङ । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लाे बाईक रेस प्रतियोगिता सम्पन्न गरेकाे छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित गर्ने उद्देश्यका साथ आज साे प्रतियोगिता गरिएको हाे । प्रतियोगितामा मिनराज महराले ५० मिटरकाे दुरी एक मिनेट ५० सेकेन्डमा पार गर्दै प्रथम हुनुभयाे ।

त्यस्तै सुनिल पुरीले १ मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै दाेश्राे र सुनिल चाैधरीले १ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै तेश्राे हुँदा लुम केसीले १ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना हुनुभयाे ।विजेतालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । कुल ४० जना सहभागी मध्ये १६ जनाले मात्रै दुरी पार गरेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनकाे अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हाे । साे अवसरमा,प्रहरी उपरीक्षक रिजालले बढ्दाे सवारी दुर्घटनामा परि ठुलाे जनधनको क्षति हुने गरेकाले यसमा सबै गम्भीर बन्न जरुरी रहेकाे बताउनुभयो । उहाँले यस खालका कार्यक्रमले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । प्रहरी एक्लैले दुर्घटना राेक्न चुनाैतिरहेकाले समुदाय र प्रहरी बिचकाे सम्बन्ध अझ बलियाे बनाउन आवश्यक रहेकाे चर्चा गर्नुभयो ।

यस्तै ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयाेग गरेकाे कार्यक्रममा राप्ती इन्जिनियरिङ घाेराही र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले प्रायाेजन गरेकाे थियाे । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका काेषाध्यक्ष कैलाश रोका मगर,सल्लाहकार बलदेव याेगीलगायत उपस्थित कार्यक्रमकाे सहजीकरण आरके शितलले गर्नुभएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]