मेगमन बुढा शनिबार, फाल्गुण १४, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिकामा रहेको आयम बहुउद्देश्यीय सहकारी संस्था लि.सेवा केन्द्रको राजपुरमा तेस्रो शाखा विस्तार भएको छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको प्रमुख अतिथि एवं गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामबहादुर बुढाथोकीको बिशिस्ट आतिथ्यतामा शुक्रबार सो शाखा कार्यालय उद्घाटन भएको हो ।उक्त कार्यालयको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि भण्डारीले संस्थाद्वारा जुन उदेश्यले राजपुरमा शाखा विस्तार भएको छ,सोही अनुरुप नागरिकलाई आफ्नो सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ । यस्तै प्रमुख अतिथि भण्डारीले संस्थाको प्रगति र सफलताको शुभकामना समेत दिनु भएको थियो ।संस्थाका प्रवन्धक सीता नेपालीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा एन आई सि एसिया बैंक राजपुर गाउँपालिका शाखाका प्रबन्धक निकेश पौडेल,सिधा-पत्र डटकमका संचालक मेगमन बुढाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव श्याम चौधरीले गर्नु भएको थियो ।

उक्त शाखा कार्यालयको उद्घाटन कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले सो संस्था २०७२ साल फाल्गुन १३ गतेको दिन डिभिजन कार्यालय दाङमा दर्ताभइ स्थापना भएर आफ्नो काम कार्य निरन्तर गर्दै आइरहेको बताउनु भयो ।संस्थाको उदेश्य अनुरुप आफ्नो उदेश्य प्राप्तिका लागि गत वर्ष गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा दोस्रो शाखा विस्तार भएर त्यहाँका नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको र यस वर्ष विधान संसोधन गरि दाङ जिल्ला भर आफ्नो कार्य क्षेत्र रहने गरि तेस्रो शाखाको रुपमा राजपुरको जंग्रहवामा विस्तार गरेको अध्यक्ष बस्यालले बताउनु भयो ।

यस्तै सो शाखा कार्यालयले हाललाई बचत उठाउने र ऋण लगानी गर्ने कार्य मात्र गर्ने छ भने अबको १५/२० दिन भित्रमा रेमिट्यान्सको सेवा सुविधा पनि सुरु गर्ने अध्यक्ष बस्यालले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]