
Pes
Rgp1
Ggp
Gfs
Djs
Unsku
Pbu
pku
Rgp
Lnp
Sgr
Srbpu
sbs
cjs

Hal
Vor
Gst
Rgu
Asm
Rsb
Tsm
Ssm
Ksm
Pvg
Bbbpu
nsb
Rgu
Sls
Rgs
Sbs
Ggd
Bbu
Wsp

Ptm
Bml
Rpp
Pls
Jmb
Mks
bbt
Syp
Abd
sab
Rmb
Jmb
Gsb
दाङ । दंगिशरण गाँउपालिका वडा नम्बर २ कौवाघारीमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत बुधवार मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
जेष्ठ सदस्य छिता बस्नेतको अध्यक्षता एवं दंगिशरण गाँउपालिका २ का वडा अध्यक्ष तुलसीराम देवकोटाको प्रमुख आतिथ्य र दंगिशरण गाँउपालिका १ का सदस्य जानकी चौधरीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक समस्या भनेको के हो, मानसिक समस्या हुनुका कारण, समाजमा देखिने मानसिक समस्याका प्रकारहरु, मानसिक समस्याको लक्षणहरु, समस्या समाधानका उपायकहरु, सामना गर्ने तरिकाहरु लगायतका विषयमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो ।
महिला शान्ति र सुरक्षा कार्यक्रम र सशस्त्र द्धन्दका कारण हालसम्म समाजमा देखिएका समस्याका विषयमा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराउनुभएको थियो । ककार्यक्रममा बोल्ने वक्ताहरुले शारिरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्य हाम्रो लागी अत्यावश्यक भएको बताएका थिए । उनीहरुले समाजमा विभिन्न कारणले मानसिक समस्या बढ्दै जान थालेको भन्दै यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यबारे सबै जना सचेत हुन अनुरोध गर्नु भयो ।
त्यस्तै उनीहरुले हरेक गाँउमा समाजमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम गर्न आवश्यक भएको भन्दै यसकालागी स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक भएको बताएका थिए । कार्यक्रममा सहभागीहरु कृष्णी खत्री, सीता डाँगी, रामबहादुर खत्री लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
