शिबराज पन्थी/गढवा बुधबार, माघ २६, २०७८

दाङ । क्रेयटिङ पोसिबिलिटिज नेपाल (सिपी) द्धारा माघीको अवसरमा आयोजना गरेको आमा समूहहरुको बिचमा भएको खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने बिजेताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । सिपी नेपालका बिद्यार्थी संयोजक दिपा चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको सिपि नेपालका महिला संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने आमा समूहका महिलाहरुलाई खाना बनाउने कुक्कर,थाली तथा पराँत पुरस्कार प्रदान गरिएको महिला संोजक चौधरीले जानकारी दिनुभयो ।

देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकाका कुल १४ सय जना आमा समूहका सदस्यहरु मध्येबाट छनोट गरि खेलकुद प्रतियोगिता आयोजना गरिएको सिपि नेपालले जनाएको छ । तिनवटै गाउँपालिकाका आमा समूह मध्येबाट २०० मिटरको दौडमा पहिलो ग्रुपमा दुरपति चौधरी प्रथम,लक्ष्मी सुवेदी द्धितिय,राजकुमारी चौधरी तृतिय र रमा चौधरीले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । यसैगरी दोश्रो ग्रुपमा पबित्रा चौधरी प्रथम,साबित्री चौधरी द्धितिय,सुनिता चौधरी तृतिय र संगिता चौधरीले सान्त्वना स्थाज प्राप्त गर्नुभएको सिपि नेपालले जानकारी दिएको छ ।

यसैगरी कुर्सिदौड तर्फ प्रथम ग्रुपबाट शान्ती चौधरी प्रथम,रेखा कुमारी चौधरी द्धितिय,मंजु चौधरी तृतिय र धनमाया चौधरीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । दोश्रो ग्रुपमा सुनिता कुमारी चौधरी प्रथम,रोशना चौधरी द्धितिय,सुनिता चौधरी तृतिय र मिना चौधरीले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । उत्कृष्ट हुनेहरुलाई कुक्कर,पराद र थाली पुरस्कार प्रदान गरिएको सिपि नेपालका कर्मचारी हमराज शर्माले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमको संचालन महिला संयोजक सरीता चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]