श्रवण बस्नेत/लमही मंगलबार, माघ २५, २०७८

दाङ । यहीँ माघकाे २२ गते संम्पन्न भएको सातौं अधिबेशनबाट निर्वाचित हुनु भएका लमही खानेपानीका नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार छुट्टाछुट्टै कार्यक्रम बीच सपथ ग्रहण तथा पद हस्तारण गरिएको छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा गठित,निर्वाचन समिति र निर्बमान कार्यसमितिकाे संयाेजक आयाेजनामा कार्यक्रम भएको हाे । निर्बाचन समितिका संयाेजक कुल चन्द्र पाैडेलकाे अध्यक्ष्यतामा सपथ ग्रहण कार्यक्रम भएको थियाे ।संयाेजक पाैडेलले अध्यक्ष जंगबहादुर चाैधरिलाई र अध्यक्ष चाैधरिले अन्य पदाधिकारीहरु लागि सपथ खुवाउनु भएको थियाे । कार्यक्रम संचालन संस्थाका लेखापाल संन्दिप न्याैपानेले गर्नु भएको थियाे ।

 पदहस्तारण कार्यक्रम 

निवर्तमान अध्यक्ष दन्डिराम चाैधरिकाे अध्यक्ष्यतामा भएको कार्यक्रममा निबर्तमान सचिब सनम कुमार पाैडेलले संस्थाकाे माइनेट बुक र केही महत्त्वपूर्ण फाइलहरु संस्थाका सचिब बसन्त आर्चायलाई हस्तारण गर्नु भएको थियाे भने निबर्तमान अध्यक्ष दन्डिराम चाैधरिले प्रयाेग गर्ने संस्थाकाे १ थान माेवाइल अध्यक्ष जंगबहादर चाैधरिलाई हस्तान्तरण गरेर पद हस्तान्तरण कार्यक्रम गरिएकाे हाे । निबर्तमान उपाध्यक्ष लिला शहकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार कर्ण बहादुर बुढाथोकी,निर्बाचन समितिका संयाेजक कुल चन्द्र पाैडेल लगायतले बाेल्नु भएको थियाे ।

कार्यक्रम सहजिकरण निबर्तमान सचिब सनम कुमार पाैडेलले गर्नु भएको थियाे । कार्यक्रम पछि आयाेजित कार्यक्रमलाइ संम्बाेधन गर्नु हुदै अध्यक्ष चौधरीले लमही खानेपानीको अधुरा कामहरु अबकाे चार महिना भित्रमा पूरा गर्ने बचत दिनु भएको छ । लमही ३ मजगाँउमा निर्माणधिन नयाँ खानेपानीको सत्तरी प्रतिसत निर्माणकार्य पूरा भएको बताउनु भयो । आफू दुई कार्यकाल काेषाध्यक्ष भएर काम गरेको अनुभव रहेको भन्दै संस्थाकाे समस्या हल गर्न कुनै पनि चिन्ता नभएको दाबि गर्नु भयाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]