
Jsbg-7
Csbg-7
Rksr-7
Pbu
Gsbr-6
Usbl-7
Gsbg-3
Msbg-2
ksbl-7
jsbr-3


बाँके । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगञ्ज ८ निवासी २५ वर्षीय मोहमद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
त्यस्तै सोमबार बेलुका साढे ५ बजेतिर नेपालगञ्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिडिरहेका अलीलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका अलीलाई लागूऔषध कसुर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
