
Usbl-7
Rksr-7
Gsbr-6
jsbr-3
Pbu
ksbl-7
Csbg-7
Jsbg-7
Gsbg-3
Msbg-2


पाल्पा। जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा शनिबार एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए ।
तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यस अघि तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए ।
ज्याला मजदुरी गर्दै आएका उनी २२ गते विहान करिब ८ बजे तानसेन नगरपालिका -४ सिल्खान टोलस्थित तानसेन-गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए । दुवै जनाको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुन् सक्ने स्थानीयको आशंका छ।
