
pku
Pes
Rgp
Unsku
Djs
Ggp
cjs
Pbu
Lnp
Gfs
sbs
Srbpu
Sgr
Rgp1

Pvg
Ssm
Bbu
Rsb
Ksm
Vor
Rgu
Sls
Hal
Ggd
Gst
Asm
Rgs
nsb
Wsp
Sbs
Bbbpu
Tsm
Rgu

Abd
Jmb
Jmb
Pls
Syp
Mks
Bml
sab
Gsb
Rpp
bbt
Rmb
Ptm
दाङ । पश्चिम दाङमा एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् ।
गत माघ १६ गते पीसीआर परीक्षण गर्दा उनलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो । उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए ।
यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।
यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् ।
