अजय मिश्र/कपिलवस्तु बिहिबार, माघ ०६, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिकाको सातौं नगरसभा आर्थिक वर्ष २०७८/०७९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह रहनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य/सचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,वडाध्यक्ष हरू,कार्यपालिका सदस्य हरू,कर्मचारी,पत्रकार लगायतको उपस्थितमा सातौं नगरसभा सम्पन्न भएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दिप प्रज्वलन गरि गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राख्नु भयो । कार्यक्रममा मध्यावधि बजेट समिक्षा लेखा शाखाकी सन्जु अचार्यले आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले नगरपालिका भित्रका प्रमुख समस्या हरूको अवगत नगर प्रमुख शाहलाई गराउनु भयो ।

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिकाले गर्ने बताउदै नगर भित्र विकासका हरेक सम्भाव्यताको पहिचान गरि नगरको विकास गरिने बताउदै कृष्णनगरमा व्यवस्थित वसपार्कका लागि आजै कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई अगाडि बढ्ने बताउनु भएको छ । कार्यक्रममा वडाध्यक्ष संजय कुमार गुप्ता,मोबिन खानले आ-आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको संचालन इश्वरी प्रसाद पौडेलले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]