
Tgp
Ssb
Ssb
Ppu
Ksb
Ksb
Gsb
Fmb
Usb
Rks
Csb
Ksb
Bsn
Rsb
jsb
Nsb

Ssb
Tsb
Usb
Hl1
Gsb

Rgu
Nps
ptl
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारी जाजरकोटले एक वडा अध्यक्ष माथि कालाे माेसाे दलेर जुत्ताको माला लगाई दिएकाे छ।
छेडागाड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर केसीलाई भ्रष्टाचार गरेकाे भन्दै जन कारबाही स्वरुप कालाेमाेसाे दलेकाे र जुत्ताको माला लगाएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ
वडा अध्यक्ष केसीले विरुद्ध जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना, अफ्गान पुल्ला सडक निर्माणमा कुल ७० लाख बजेट मध्ये ५३ लाखकाे काम गरि १७ लाख घाेटाला, राधेदेखि बिराखोला सडक स्तरउन्नतिमा ५ लाख, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना, बाहुन गाउँदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख भ्रष्टाचार गरेकाे भन्दै कालाेमाेसाे दलेकाे हाे।
यस्तै अखिल क्रान्तिकारी जाजरकोटले केसीकाे झन्डै ६० लाख बढीको प्रमाण सुरक्षित रहेकाले जनकारबाही गरिएको जनाएको छ। वडा अध्यक्ष केसी स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।जनसहारा
