
Lnp
Rgp
Pes
Gfs
Ggp
sbs
Rgp1
Srbpu
Unsku
cjs
Djs
Sgr
Pbu
pku

Pvg
Wsp
Rgu
Bbu
Vor
Ksm
Sls
Rsb
Rgu
Gst
nsb
Rgs
Bbbpu
Asm
Tsm
Ssm
Sbs
Hal
Ggd

sab
bbt
Pls
Ptm
Abd
Jmb
Rmb
Syp
Mks
Bml
Gsb
Rpp
Jmb
बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो ।
यस्तै उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि होम आइसोलेसनमा रहेका बुढाको आइतबार (आज) मृत्यु भएको सूचना अधिकारी न्यौपानेले बताए ।
त्यस्तै स्वास्थ्य कार्यालय बाजुराका अनुसार बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अन्तिम दाहसंस्कार गरेका छन् । मृतक बुढासँग आएका आफन्त होम आइसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ । हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । बडिमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।
