
Usbl-7
Pbu
Rksr-7
Csbg-7
jsbr-3
Gsbr-6
Gsbg-3
Msbg-2
Jsbg-7
ksbl-7


काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी घुस रकम सहित पक्राउ परेका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।- घुस नगद माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले सव-प्रमुख पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००। रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता नारायण प्रसाद रिजालले बताउनु भयो ।
