
jsbr-3
Csbg-7
Rksr-7
Gsbr-6
Jsbg-7
Gsbg-3
ksbl-7
Pbu
Msbg-2
Usbl-7


प्युठान । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतीय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
भारत बहराई उत्तर प्रदेश माधवपूर रगुनातका अन्दाजी ६०÷६५ बर्षका राम बहादुर साहत एक्कासी बेहास भएपछि जिल्ला अस्पताल कार्यालय प्यूठानमा मा लिएर चेकजाच गर्ने क्रममा साझ ६ः४५ बजे जिल्ला अस्पताल कार्यालय प्यूठानले मृत घोषणा गरेको थियो ।
त्यस्तै मृतक राम बहादुरको सवलाई जिल्ला अस्पताल कार्यालय प्यूठानमा पोष्टमार्टम पछि शुक्रबार मृतकका छोरा ऋदेहस साहतले अन्तेष्टिको लागी भारत लगिसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देबि प्रसाद गैरेले जानकारी दिए ।
