
Gsbg-3
ksbl-7
Gsbr-6
Csbg-7
jsbr-3
Rksr-7
Pbu
Msbg-2
Jsbg-7
Usbl-7


सल्यान । सल्यानको बागचौरमा मृत्युपछि गर्ने व्यवस्थापनको बिषयलाई लिएर मानिसहरूबीचमा विवाद देखिएको छ । बागचौरमा रहेका दशनामी समुदायका नागरिकले मृत्युपछि प्रयोग गर्ने समाधी स्थलको बिषयलाई लिएर विवाद हुँदा दुइ समुदायबीच मनमुटाब भएको हो ।
त्यस्तै दशनामी समुदायमा मानिसको मृत्यु पछि समाधीस्थलमा लगेर बिधिपुर्वक माटोमा पुर्ने चलन रहेको छ । बागचौरनगरपालिका ९ जलेखर्कमा समाधीस्थलको विषयमा स्थानीयहरू बीच आपसमा द्धन्द देखिएको छ ।१५० बर्ष देखि समाधीस्थल रहेको उक्त स्थानमा समाधी स्थल कायम राख्नुपर्ने एक पक्षको अडान छ अर्को पक्षले यसलाइ बस्तीभन्दा टाढा सानुपर्ने बताएको छ ।
जसका कारण समाजमा विवाद सृजना भएको स्थानीय चक्र बहादुर कुँवर योगीले बताउनुभयो । समाधी स्थलको बिषयलाइ लिएर समाज दुईपक्षमा विभाजित भएपछि गाउँमासामाजिक सम्बन्धसमेत बिग्रन थालेकोछ । समाधी स्थल आसपासमा बस्ती विस्तारहुँदै गएकाले आफूहरूलाई समस्या भएको र यसलाइ बस्तीबाट टाढा सार्नुपर्ने अर्को पक्षको अडान रहेको स्थानीयवासी खिमावली गिरीले बताउनुभयो ।
समाधीस्थल सम्बन्धि विवाद इलाकाप्रहरी कार्यालय थारमारे, वडाकार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । सम्बन्धित सरोकारवालाले पटक–पटक दुवैप क्षबीच छलफल गराएपनि ठोस निर्णय भने हुन सकेको छैन । स्थानीय बिचमा देखिएको यो विवाद अझै समाधान नभएको नगरपालिकाका उपप्रमुख कल्पना पुनले बताउनुभयो । बहु–सरोकारको यस्तो विवाद मिलाउनका लागि समुदाय आफ्नै अग्रसरता देखिनुपर्छ भने न्यायिक समिति र अन्य सरोकारवालाले पनि दुइ समुह बीचमा छलफल चलाउने पहल थाल्नुपर्छ ।
