
Sgp
Rgp
Rgp
Ggp
Asb
ksb
Jns
Dbs
Dus
Lnp
Usb
Rgp
Pbu
lnp
Rgp
Ggp
Lks


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा निर्माणधिन नयाँ खानेपानी याेजनाकाे साठी प्रतिशत निर्माण कार्य पूरा भएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ ।
संस्थाले पाइप लाइन बिस्तार कार्य ६० प्रतिशत पुरा गरेको छ भने डीप बोरिङको निर्माण कार्य १०० प्रतिशत पूरा गरि सकेको छ । त्यस्तै ओभर हेड टंकीकाे निर्माण कार्य ६० प्रतिशत पूरा भएको संस्थाका सचिव सनम कुमार पाैडेलले जानकारी दिनु भयो । सचिव पौडेलका अनुसार दुई वटा डिप बोरिङको सफल परिक्षण भैसकेको छ भने ४ लाख ५० हजार ओभर हेड टंकीको ६० प्रतिशत काम पूरा भएको छ । त्यस्तै पाइप लाइनको काम ६० प्रतिशत पूरा भैसकेको छ ।
नेपाल सरकारको ८० प्रतिशत लगानी र लमही खानेपानीको १० प्रतिशत त्यस्तै उपभोक्ता संस्थाको १० प्रतिशत लगानीबाट कुल १० करोड ९८ लाख बढी रकमद्वारा निर्माण हुन लागेको उक्त योजना २०७७ साल फाल्गुन महिनाको २९ गतेदेखि शुरु भएको थियो । त्यस्तै सो योजनाको हालसम्म ६० प्रतिशत कार्य पुरा भैसकेको र अब आउँदो २०७९ साल पुष महिनाको मसान्तसम्म उक्त योजनाको निर्माण कार्य संम्पन्न गरेर उपभोक्ताहरुकाे घर,घरमा पानी पुर्याउने योजना रहेकोे लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीले जानकारी दिनु भयो ।
उक्त याेजना निर्धारित समय भन्दा धेरै अगाडि संम्पन्न गरिदै छ । संस्थाले ठेक्दारसंग ४ लाख ५० हजारको १ ओभर हेड टंकि र पाइप लाइन ७७ किलोमिटर यस्तै डीप बोरिङ २ वटा र १ वटा भबन निर्माण गर्ने संम्झाैता गरेको छ । केन्द्रिय खानेपानी आयोजना अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको उक्त खानेपानीबाट टिकुली गढ,नारायण पुर,मज गाउँ, भैसकुर्मा,गुर्जिहवा,राजपुर,घुम्ना, बलामपुर,सेमरहवा,बन गाउँ,भुरिपुर गाउँको कुल ६ हजार घरधुरीका,१५ हजार,पाँच सय नागरिकहरु लाभान्वित हुने खानेपानी संस्थाका सचिव सनम कुमार पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै हालसम्म धारा जडान शुल्क २२ हजार सात सय ३५ रुपैया मात्रै लिएको र टोकेको निर्धारित समय भन्दा अघि जडान गरि भुक्तानी गरेमा उपभोक्तालाई केही रकम हेरफेर गर्न मिल्ने याेजना बनाएको खानेपानी संस्थाले जनाएको छ ।
त्यसैगरी लमही नगरपालिका वडा नम्बर २ श्री गाउँ र भतुरिया गाउँका ३ सय १२ घरधुरी छुटन गएकोमा सो गाउँमा पाइप लाइन बिस्तार गर्न पहल गरिरहेको संस्थाले जनाएको छ । यस्तै वडा नम्बर ३ जखेरा तालसम्म पाइप लाइन बिछ्याउन पहल भैरहेको छ भने सोही कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नम्बर ५ लमही रातो डाँडामा ४ लाख ५० हजार लिटरको अण्डर ग्राउन्ड टंकीको लागि खानेपानी बिभाग प्रमुख,केन्द्रिय खानेपानी आयोजना प्रमुख तथा संघिय खानेपानी आयोजनासंग सो खानेपानी टंकीको निर्माण गर्नलाई रकमान्तर पहल गरिएको संस्थाका सचीव सनम कुमार पौडेलले जानकारी दिनु भयो ।
