
Sgr
Gfs
pku
Rgp
Lnp
Ggp
Rgp1
Srbpu
Unsku
sbs
Pes
cjs
Djs
Pbu

Vor
Bbu
Sls
Wsp
Bbbpu
Rgu
Hal
Ssm
Ggd
Rsb
nsb
Gst
Tsm
Ksm
Rgu
Asm
Sbs
Rgs
Pvg

sab
bbt
Rmb
Jmb
Abd
Ptm
Syp
Gsb
Pls
Bml
Rpp
Mks
Jmb
दाङ । दाङका स्वास्थ्य संस्थाहरुवाट संचालित शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम बहिरंग उपचार केन्द्र ओटिसीको प्रगति समिक्षा गरिएको छ । सुआहारा, बेस दाङ र युएसएआइडीको आर्थिक सहयोग एवं स्वास्थ्य कार्यलय दाङको आयोजनामा दाङका १७ ओटा बहिरंग उपचार केन्द्रको समिक्षा गरिएको हो ।
जिल्लाका १० ओटा स्थानिय तहलाई दुईवटा समूहमा विभाजन गरेर संचालन गरिएको समिक्षा कार्यक्रममा हालसम्म भएका काम र आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन अवस्यक रणनीति र योजना तय गरिएको छ । समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुख, उपचार केन्द्र फोकल पर्शन र स्वास्थ्य शाखा प्रमुख सहभागी रहेका थिए ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षता तथा बेस दाङका सचिव रुपलाल चौधरीको प्रमुख अतिथ्यतामा गरिएको समिक्षा गोष्ठिमा वरिष्ठ प्राविधिक अमृत पौडेल र स्वास्थ्य कार्यलय दाङका पोषण तथा मातृशिशु अधिकृत सिता कँवरले सहजीकरण गर्नुभएको हो ।
बहिरंग उपचार केन्द्रका कामको समिक्षा गर्ने, स्वास्थ्य कर्मीहरुको ज्ञान, क्षमता अभिबृद्धि गर्ने एवं आगामी कार्ययोजना बनाउने उदेश्यले संचालित समीक्षामा कुपोषित बच्चाहरु उपचारबाट बिचमै छुट्नुको कारण, कुपोषण मुक्त समाज निर्माणका उपायहरुबारे छलफल गरिएको बेस फिल्डका संयोजक संजयकुमार चौधरीले जानकारी दिनुभएको छ ।
