
Rgp
sbs
Rgp1
Gfs
Lnp
Srbpu
Djs
Unsku
cjs
Ggp
pku
Pes
Sgr
Pbu

Pvg
Bbbpu
Ggd
Ssm
Vor
Bbu
Wsp
Ksm
Asm
Tsm
Rsb
Hal
nsb
Gst
Rgu
Sls
Rgu
Rgs
Sbs

Jmb
Syp
Jmb
Rmb
Ptm
Bml
Pls
Mks
Rpp
bbt
Gsb
sab
Abd
दाङ । आफ्नो स्थान सफा रहे आफु लगायत स्थानिय पनि स्वस्थ हुने उद्देश्य सहित लमही बजार सरसफाई गरिएको छ ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीको प्रमुख बजार समेत रहेको लमहीमा ‘सके सफा गरौँ, नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सरसफाई अभियान नै शुरु गरिएको हो ।
लमहीका युबा ब्यबसायी तथा समाजसेबी लमही बजार निवासी अंकित खनालले मैनादेवी फाउण्डेसनको समन्वयमा राजमार्ग र बजारको सरसफाई अभियान शुरु गरेका हुन् । उनका अनुसार प्रत्यक हप्ताको शनिबार लमही बजार तथा राजमार्ग सरसफाई गरिने छ । सरसफाईले मानिसको स्वास्थ्य स्वस्थ राख्नमा मद्दत गर्ने भएको हुँदा सबैले यसतर्फ ध्यान दिन आबस्यक रहेको खनालले बताए ।
फाउण्डेसनका दाङ जिल्ला अध्यक्ष समेत रहेका समाजसेबी खनालले यस अभियान अन्तर्गत जिल्लाको सबै स्थानीय तह क्षेत्रका बजारमा सरसफाई गरीने समेत बताए । बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लईजाने बताए । ‘हामी सरसफाइ गर्दा एक तर्फबाट बजार सफा त देखिन्छ नै, अर्को तर्फ विभिन्न रोगको प्रकोप बाट पनि बच्न सक्छौ-खनालले भने ।
स्थानियको इज्जत स्थानको सुन्दरतामा लुकेको हुने भएकाले टोल, गाउँ, बस्ती, समाज र समुदाय सबै ठाँउमा सफा र हराभरा राख्न आवश्यक रहेको औँल्याउदै अभियान अन्तर्गत ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ सरसफाई अभियान चलाउँदै आएका युबालाई सबैले साथ दिनु पर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालको भनाइ छ ।

