Sidha Patra शुक्रबार, पुष ०९, २०७८

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ । वडा नम्बर-१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी बताए । नगरपालिकाको वडा नम्बर-३ खदीमा रहेको डोजर शुक्रबार दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगरप्रमुख केसीको भनाइ छ ।

त्यस्तै बिहीबार पनि हेलिकप्टरले गोतमकोट पुगेर डोजरका सामग्री ढुवानी गरेको थियो । वडा नम्बर–१ मा रहेको साजेबगर-चैतिखारा-बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनु परेको वडा अध्यक्ष देवबहादुर घर्तीले बताए । दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नु परेको नगरप्रमुख केसीको भनाइ रहेको छ ।

यस्तै आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]