
Unsku
Sgr
Rgp1
Lnp
Pbu
Djs
Srbpu
cjs
Pes
Ggp
pku
Rgp
sbs
Gfs

Rgu
Bbu
Gst
Sls
Bbbpu
Ssm
Rgs
Rgu
Vor
Hal
Rsb
Sbs
Ggd
Wsp
Tsm
Pvg
Asm
nsb
Ksm

Jmb
Bml
Rpp
Pls
Abd
Mks
Rmb
Gsb
sab
Syp
bbt
Ptm
Jmb
काठमाडौं । युरोप महादेशमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् ।
त्यस्तै युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । यसैबीच जर्मनी र पोर्चुगल सहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ । जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत जमघटलाई १० जना मानिसमा मात्रै सीमित पार्ने र नाइट क्बल बन्द हुने घोषणा गरेको छ । उक्त मितिदेखि फुटबल प्रतियोगिता बन्द स्थलमा मात्रै गर्न पाइने भएको छ ।
यसैगरी पोर्चुगलले समेत डिसेम्बर २६ देखि बार र नाइट क्लब बन्द गर्न आदेश दिएको छ । जनवरीसम्म घरमै बसेर काम गर्नुपर्ने नियमलाई अनिवार्य बनाइएको छ भने बाहिर हुने जमघटमा १० जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन् । स्विडेनमा बुधबारदेखि बार, क्याफे र रेष्टुरेन्टमा बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने भएको छ भने संभव भएसम्म घरमै बसेर काम गर्न भनिएको छ । त्यहाँकी स्वास्थ्यमन्त्री लिना हलेनग्रेनले ओमिक्रोनका संक्रमित फैलिन सक्ने भन्दै स्वास्थ्य सेवामा चाप बढिरहेको बताएकी छन् ।
त्यस्तै नेदरल्याण्डले सोमबार नै कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ । तर अन्य युरोपेली नेताले क्रिसमस र नयाँ वर्षपछि आवश्यक परेको खण्डमा लडडाउन लगाउन चाहेको बीबीसीका संवाददाता निक बिकले बताए । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वरिष्ठ अधिकारीले ओमिक्रोनको बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीलाई धरासायी बनाउन सक्ने चेतावनी दिएका छन् ।
यस्तै युरोपका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगेले अर्को लहर आउँदै गरेको भन्दै संक्रमण व्यापक बढ्ने र यसका लागि सरकारले तयारी गर्नुपर्ने बताए । ‘हामीले अर्को आँधीमय लहर आइरहेको देख्न सक्छौं’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।अनलाइनखबर
